पाकिस्तान : चुनाबी बैठकमा आत्मघाती बम आक्रमण, नेतासहित १४ को मृत्यु

२७ अषाढ २०७५

banner

एजेन्सी । पाकिस्तानको पेशावर सहरमा मंगलबार राति आत्मघाती बम हमला हुँदा एक नेतासहित १४ जनाको मृत्यु भएको छ भने अन्य ६५ भन्दा बढी घाइते भएका छन्।

एक चुनाबी बैठकमा भएको उक्त हमलामा परी अवामी नेशनल पार्टी एएनपीका नेता हारुन बिल्लौरसहित करिब १४ जनाको ज्यान गएको हो। आत्मघाती बम आक्रमका बेला बैठकमा करीब ३०० बढी व्यक्ति त्यहाँ उपस्थित थिए।

विस्फोटमा परी नेता हारुन गम्भिर घाइते भएका थिए। घाइते हारुनको उपचारका क्रममा ज्यान गएको अन्तराष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन्। हमलामा करीब १२ किलोग्राम विष्फोटक सामाग्रीको प्रयोग गरिएको समाचारमा उल्लेख गरिएको छ।  

हारुनका पिता बशीर अहमद विल्लौरको पनि सन् २०१२ मा पेशावरमा पार्टीको बैठकका दौरानमा तालिवानले गरेको आत्मघाती आक्रमणमा ज्यान गएको थियो।

 

Leave a reply

HTML Tags are not supported

Post My Comment »