टर्कीका अर्धसैनिक समूहको आक्रमणमा परी सिरियामा १७ लडाकू मारिए

२७ अषाढ २०७५
banner

एजेन्सी । टर्कीको अर्धसैनिक समूहको आक्रमणमा परी सिरियाको एक नगरमा कम्तीमा १७ जना लडाकू मारिएको समाचारमा जनाइएको छ।

टर्कीसँगको सिरियाको सीमा क्षेत्रमा पर्ने नागुर भन्ने नगरमा सोमबार राति भएको कारबाहीमा परी उनीहरू मारिएको टर्कीस मानवअधिकार अनुगमनकर्ताहरूले जनाएका छन्।

‘ती लडाकूहरू रहेको ठाउँलाई लक्षितगरी आक्रमण भएको थियो, आक्रमणमा परी कम्तीमा १७ जना मारिएका छन् भने अरू १२ जना घाइते भएको एकजना इराकी अधिकारीले बताएका छन्।

सिरियामा गएको केही समयदेखि आतङ्ककारीविरुद्धको कारबाहीलाई निकै कडा बनाइएपछि उनीहरु छिमेकी देशहरुतर्फ लाग्ने गरेका छन्।

यही मौका छोपेर इराक, इरान र टर्कीतर्फबाट उनीहरुमाथि कारबाही गर्ने गरिएको अधिकारवादीहरुले जानकारी दिएको बताइएको छ।

सिरियामा गएको छ वर्षभन्दा लामो समयदेखि जारी हिंसाका क्रममा परी ४ लाखभन्दा बढी नागरिकको ज्यान गएको बताइएको छ।

ताजा भिडियो

टुडिखेलमा प्रधानमन्त्रीको सम्बोधन र मञ्चका दृश्यः सन्दर्भ प्रजातन्त्र दिवस । PM KP Oli Speech .

संघीयता कार्यान्वयनमा असमझदारी: केन्द्र भर्सेज प्रदेश सरकार ।

संसदमै लुट्न सके लुटको दोहोरीः सत्ता र प्रतिपक्ष सांसदले तलव दान गर्ने घोषणा । Lutna Sake Lut l

हामीलाई कुकुर भन्ने ? युवा संघ अध्यक्ष रमेश पौडेलको आक्रोश । Lutna Sake Lut l Pashupati Sharma l