पाकिस्तानमा आत्मघाती आक्रमणबाट हत्या गरिएका २० जनाको अन्त्येष्टिमा हजारौँ सहभागी

२७ अषाढ २०७५
banner

एजेन्सी । निर्वाचन प्रचारप्रसारका क्रममा भएको आत्मघाती हमलामा परी मृत्यु भएकाको अन्त्येष्टिमा बुधबार हजारौँ सहभागी भएका छन् ।

तालिबान लडाकूहरूले गराएको भनिएको विस्फोटनमा परी मृत्यु भएका २० जनाको अन्त्येष्टिका लागि बधबार हजारौँ सहभागी भएको अधिकारीहरूले बताएका छन् ।

अन्त्येष्टिमा झण्डै ३० हजार जना सहभागी भएको एक जना वरिष्ठ प्रहरी अधिकारीले जानकारी दिएका छन् । यही जुलाईको २५ तारिखका दिन हुन लागेको निर्वाचनको पूर्वसन्ध्यामा निर्वाचनलाई प्रभावित पार्नेगरी हिंसात्मक गतिविधिहरू भएको समाचारमा जनाइएको छ ।

पाकिस्तानको उत्तरपश्चिमी शहर पेशावरमा मंगलबार अबेर पछिल्लो ठूलो आत्मघाती विस्फोटन भएको थियो । निर्वाचनको प्रचारप्रसारका लागि भएको चुनावी ¥यालीमा सहभागी भएकामाथी आत्मघाती आक्रमण हुँदा केही नेता पनि मारिएका जनाइएको छ ।

आक्रमणमा अवामी नेशनल पार्टीका एकजना स्थानीय नेता अवामी हरूर पनि मारिएका छन् । उनी पनि सो निर्वाचन ¥यालीमा सहभागी भएका थिए । पाकिस्तानमा चुनावी प्रचारप्रसार अभियान शुरु भएसँगै देशमा हिंसा भड्किने त्रासबीच मंगलबारको दुखद् घटना भएको हो ।

मंगलबार भएको हमलाको तालिबान लडाकूहरूले नै जिम्मेवारी लिएका छन् । हिंसात्मक घटना हुन थालेसँगै आगामी निर्वाचनका लागि सुरक्षा खतरा रहेको चर्चा पाकिस्तानमा शुरु भएको छ ।

पाकिस्तानी सेनाले भने सुरक्षा र निर्वाचन सम्पन्न गर्न मात्र आफूहरू खट्ने स्पष्ट पारेको छ । निर्वाचनका लागि करिब तीन लाख ७० हजार सेना खट्ने र आफ्नो कुनै स्वार्थ नरहने पाकिस्तानी सेनाका उच्च अधिकारीहरूले जानकारी दिएका छन् । 
 

ताजा भिडियो

टुडिखेलमा प्रधानमन्त्रीको सम्बोधन र मञ्चका दृश्यः सन्दर्भ प्रजातन्त्र दिवस । PM KP Oli Speech .

संघीयता कार्यान्वयनमा असमझदारी: केन्द्र भर्सेज प्रदेश सरकार ।

संसदमै लुट्न सके लुटको दोहोरीः सत्ता र प्रतिपक्ष सांसदले तलव दान गर्ने घोषणा । Lutna Sake Lut l

हामीलाई कुकुर भन्ने ? युवा संघ अध्यक्ष रमेश पौडेलको आक्रोश । Lutna Sake Lut l Pashupati Sharma l