देउडा गीत–‘देउवाले तोकेको अड्डा भट्टको भैईगयो’–दीपकबहादुर खड्का

२७ अषाढ २०७५
banner

दिपायल उड्ने चिल धनगढी लैईगयो 
देउवाले तोकेको अड्डा भट्टको भैईगयो।

चिलगाडी चढेर आया संसद प्रेम आले
पहिला पैला चढी जान्थे हाम्रा ठुला बाले।

अस्थाई केन्द्र देउवा तोक्दा थाई अद्दाछन् भट्ट
सेतीकाली नाम राख्दा छन् अब झट्ट झट्ट।

राज्यको ढुकुटी सक्यो डोटी घर लाएर
नेता सब चुपचाप बसे ठूला पद पाएर।

पहाडका डाडा खेत सबै भय बाँझो
चुनाबका बाचा मात्रै कोई बोल्दैन साँचो।

अछामका रावल जी पनि मधेश निको मान्ना
खेती लाउने जमिन मासी अब भात खान्ना।

दीपकबहादुर खड्का
दिपायल, डोटी

ताजा भिडियो

छ्या ! बस पार्कको दृश्य । Kathmandu Buspark l DC Road Show- EP-1 l

म भनेर हाेईन गरेर देखाउछु : प्रधानमन्त्री ओली || Pm Kp Sharma Oli ||

जनकपुरमा रेल । Rail in Janakpur l

विप्लवलाई ओलीकाे कडा चेतावनी : जेल जान तयार हुनुस् | Kp Sharma Oli | Netra Bikram Chand |