'मौद्रिक नीतिका प्रावधानले महँगी बढाउने डर'

२७ अषाढ २०७५
banner

काठमाडौँ । नेपाल राष्ट्र बैँकले बुधबार सार्वजनिक गरेको मौद्रिक नीतिका प्रावधानहरूले मूल्यवृद्धि हुन सक्ने व्यवसायी र ब्याङ्कका प्रबन्धकहरूले चेतावनी दिएका छन्।

सरकारले सार्वजनिक गर्ने आर्थिक नीतिहरुमध्ये बजेटपछिको सबैभन्दा महत्वपूर्ण मानिने यस नीतिमा आफूहरुले दिएका कतिपय सुझाव नसमेटिएको उनीहरुको गुनासो छ।

उक्त मौद्रिक नीतिले खासगरी तरलता अर्थात् लगानीयोग्य नगदको आपूर्तिमा सहजता र ब्याजदर घटाउने केन्द्रीय ब्याङ्कले बताएको छ।

नेपाल राष्ट्र बैँकका गभर्नर चिरञ्जिवी नेपालले यस वर्षको बजेट र नीति तथा कार्यक्रमले तोकेको प्राथमिकताकै आधारमा मौद्रिक नीतिको कार्यदिशा तय गरिएको बताए।

कामठाडौँमा मौद्रिक नीति सार्वजनिक गर्दै उनले भने, 'आर्थिक वर्ष २०७५/७६ को नेपाल सरकारको बजेटमा उल्लेख भए अनुसार उपभोक्ता मुद्रास्फीतिलाई ६.५ प्रतिशतको सीमाभित्र राख्ने मौद्रिक नीतिको लक्ष्य रहेको छ।'

तर नयाँ मौद्रिक नीतिका कारण बजारमा उपभोग्य वस्तु तथा सेवको मूल्य बढ्न सक्ने व्यवसायी र ब्याङ्कका सञ्चालकहरूले सावधान गराएका छन्। उच्च आर्थिक वृद्धिको लक्ष्य राखिएकाले स्वतस् मूल्य बढ्न जाने उनीहरुको तर्क छ।

नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष शेखर गोल्छाले बजेटले करका दर बढाएको र भर्खरै मजदुरको ज्याला बढेकाले महँगी उकालो लाग्नसक्ने बताए।

ताजा भिडियो

टुडिखेलमा प्रधानमन्त्रीको सम्बोधन र मञ्चका दृश्यः सन्दर्भ प्रजातन्त्र दिवस । PM KP Oli Speech .

संघीयता कार्यान्वयनमा असमझदारी: केन्द्र भर्सेज प्रदेश सरकार ।

संसदमै लुट्न सके लुटको दोहोरीः सत्ता र प्रतिपक्ष सांसदले तलव दान गर्ने घोषणा । Lutna Sake Lut l

हामीलाई कुकुर भन्ने ? युवा संघ अध्यक्ष रमेश पौडेलको आक्रोश । Lutna Sake Lut l Pashupati Sharma l