पराजित भएर पनि ताली बजाएर गर्‍यो इंगल्याण्डले क्रोएसियाको जितको स्वागत

२७ अषाढ २०७५

banner

काठमाडौं । युरोपेली मुलुक क्रोएसिया इतिहासमै पहिलो पटक विश्वकप फुटबलको फाइनलमा प्रवेश गरेको छ।

एक पटकको विश्वकप विजेता इंगल्याण्डलाई २–१ गोलले पराजितगर्दै क्रोएसिया विश्वकपको उपाधि नजिक पुगेको हो। खेलमा पराजित भएसँगै इंगल्याण्डको विश्वकप सपना भने अधुरो बनेको छ।

पराजित भएर पनि इंगल्याण्डले क्रोएसियाको जितलाई तालि बजाएर स्वागत गर्यो। इंगल्याण्डका कप्नात केन ह्यारीले जित पछि सेलिब्रेसन गरीएका क्रोएसियाका खेलाडी सामु मैदानमै ताली बजाएर क्रोएसियाको जितको समर्थन गरेका थिए।  

अब क्रोएसियाले बलियो टोली फ्रान्ससँग विश्वकप उपाधिका लागि प्रतिस्पर्धा गर्नेछ। खेल आगामी आइतबार नेपाली समयअनुसार पौने ९ बजे सुरु हुनेछ। यसअघि फ्रान्स बेल्जियमलाई १–० ले पराजितगर्दै फाइनलमा पुगेको टोली हो।

उता विश्वकपको तेस्रो स्थानका लागि बेल्जियम र इंगल्याण्ड भिड्ने भएका छन्। दुवैबीचको खेल आगामी शनिबार नेपाली समयअनुसार पौने ८ बजे सुरु हुनेछ।

Leave a reply

HTML Tags are not supported

Post My Comment »