बलिउडका यी कलाकारले गरे आत्महत्या, भेटिएन सुसाइड नोट

२८ अषाढ २०७५
banner

एजेन्सी । बलिउड कलाकार रविशंकर आलोकले घरको छतबाट हामफारेर आत्महत्या गरेका छन्।

चलचित्र अब तक छप्पनका सहायक निर्देशक समेत रहेका चलचित्रका स्क्रिप्ट राइटर आलोकले बुधबार घरको छतबाट हाम फालेर आत्महत्या गरेका हुन्। रविशंकरले एक वर्षदेखि कुनै काम गर्न सकेका थिएनन्। उनी भाँडाको घरमा बस्दै आएका थिए। रविशंकर डिप्रेशनमा रहेको उनका भाइले बताएका छन्।
 
आत्महत्या गरेका रविशंकरसँग कुनै सुसाइड नोट फेला नपरेको स्थानीय सुरक्षा अधिकारीलाई उदृत गर्दै भारतीय सञ्चारमाध्यमले जनाएका छन्। चलचित्र अब तक छप्पन सन् २००४ मा प्रदर्शन भएको थियो। यो चलचित्रमा रवीशंकरले निर्देशक शिमित अमिनसँग मिलेर सहायक निर्देशकको भूमिका निर्वाह गरेका थिए। चलचित्रले निकै चर्चा कमाएको थियो।

 

ताजा भिडियो

टुडिखेलमा प्रधानमन्त्रीको सम्बोधन र मञ्चका दृश्यः सन्दर्भ प्रजातन्त्र दिवस । PM KP Oli Speech .

संघीयता कार्यान्वयनमा असमझदारी: केन्द्र भर्सेज प्रदेश सरकार ।

संसदमै लुट्न सके लुटको दोहोरीः सत्ता र प्रतिपक्ष सांसदले तलव दान गर्ने घोषणा । Lutna Sake Lut l

हामीलाई कुकुर भन्ने ? युवा संघ अध्यक्ष रमेश पौडेलको आक्रोश । Lutna Sake Lut l Pashupati Sharma l