विश्वकप फुटबल : आयोजक टोली रुसमाथि लाग्यो गम्भिर आरोप

२८ अषाढ २०७५

banner

एजेन्सी । रुसमा जारी विश्वपक फुटबलमा सानदार प्रदर्शन गरेको आयोजक टोली रुसमाथि गम्भिर आरोप लागेको छ।

जर्मनको एक पत्रिकाले आयोजक टोली रुसका खेलाडीले सुँघेर क्षमता वृद्धी गरेको आरोप लगाएको हो।

स्पेनसँगको ऐतिहासिक जित र क्रोएसियासँगको पराजय खेलमा रुसले सुँघेर क्षमता वृद्धि गर्ने औषधि एमोनियाको प्रयोग गरेको आरोप लगाएको हो। सुँघेर प्रयोग गरिने एमोनियाले फोक्सोको क्षमता बढाउने गर्दछ।

रुसी टिमका डाक्टरले यो कुराको दाबी गरेपछि जर्मन पत्रिकाले उक्त समाचार प्रकाशन गरेको बताइएको छ।

टिमका डाक्टर एडुआर्ड बेजुग्लोभले रुसी खेलाडीले खेल अगाडि एमोनिया सुँघेको दाबी गर्दै भनेका छन्, यो साधारण हो। कपासको टुक्रा यसमा डुबाएर श्वासमार्फत लिने गरिन्छ। हजारौँ खेलाडीले यसको प्रयोग गर्दै आएका छन्।
एमोनियालाई अहिलेसम्म अन्तर्राष्ट्रिय एन्टी डोपिङमा प्रतिबन्ध भने लगाइएको छैन्। 

Leave a reply

HTML Tags are not supported

Post My Comment »

विशेष