पाल्पामा बिहानै यात्रुवाहक बस सडकबाट खस्यो, घाइतेको उद्धार

२८ अषाढ २०७५

banner

पाल्पा । तानसेन नगरपालिका-७ भालेबासमा आज बिहान यात्रुवाहक बस दुर्घटना हुँदा १६ जना घाइते भएका छन्।

विपरीत दिशाबाट आउँदै गरेको गाडीलाई बाटा दिने क्रममा बुटलबाट पोखरातर्फ जाँदै गरेको लु १ ख ७२७२ नम्बरको बस आज बिहान ६ः१५ बजे दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।

घाइते १६ जनाको उद्धार गरिएको छ। घाइतेको लुम्बिनी मेडिकल कलेज प्रभासमा उपचार भइरहेको छ। बस सडकबाट करीब २० मिटर तल खसेको थियो।

Leave a reply

HTML Tags are not supported

Post My Comment »