शनिबारसम्म भारी वर्षाकाे सम्भावना , सतर्क रहन अाग्रह 

२८ अषाढ २०७५

banner

काठमाडाैँ। बुधबार रातिदेखि परेकाे भारी वर्षा शनिबारसम्म जारी रहने माैसम पूर्वानुमान विभागले जनाएकाे छ। महाशाखाले शनिबारसम्म भारी वर्षाको सम्भावना रहेकाले सतर्क रहन  गरेकाे छ। 

विभागले बिहीबार एक विज्ञप्ति जारी गर्दै  दिउँसोको समयमा देशभरिनै बदली भइ मध्य र पश्चिमका अधिकांश स्थानहरुमा र पूर्वका केही स्थानहरुमा मध्यम खालको वर्षाको सम्भावना रहेकाे जनाएकाे छ। बिहिवार राति देशको मध्य र पश्चिमी भू-भागका केहि स्थानमा र पूर्वका एक दुई स्थानमा  भारी वर्षाको  हुन सक्ने विभागले अनुमन गरेकाे छ।

 

 

विभागका अनुसार शुक्रबार दिउँसो देशभरिनै बदली रही देशको मध्य र पश्चिमी भू-भागका अधिकांश स्थानमा र पूर्वका केही स्थानहरुमा हल्कादेखि मध्यम खालको वर्षाको सम्भावना छ भने शुक्रबार साँझ  र राती देशभरिनै बदलि रही हल्का देखी मध्यम खालको बर्षा हुने छ।  शुक्रबार दिउँसो र राति  देशको मध्य र पश्चिमी भू-भागका केहि स्थानमा र पुर्वका एक दुई स्थानमा  भारी वर्षाको पनि सम्भावना रहेकाे विभागले जनाएकाे छ।

विभागका अनुसार असार ३० गते (शनिबार) दिउँसोको समयमा देशभरिनै बदली रही देशको मध्य र पश्चिमी भू-भागका धेरै स्थानहरु र पूर्वका केही स्थानहरुमा हल्का देखि मध्यम खालको वर्षाको सम्भावना छ भने शनिबार साँझ  र राति पनि देशभरिनै बदली भइ  केही स्थानमा हल्का  देखि मध्यम खालको बर्षा हुने देखिन्छ। देशको एक दुई स्थानमा  भारी वर्षाको पनि सम्भावना छ।

Leave a reply

HTML Tags are not supported

Post My Comment »