रक्षा खर्च दोब्बर बनाउन नेटो सदस्यलाई ट्रम्पको निर्देशन

२८ अषाढ २०७५
banner

बीबीसी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले उत्तर एटलान्टिक सन्धि संगठन नेटोका साझेदारहरूलाई देशको कुल गार्हस्थ उत्पादनको चार प्रतिशत रकम सुरक्षा खर्चमा छुट्याउन निर्देशन दिएका छन्।

उक्त प्रतिशत अहिलेको लक्षित प्रतिरक्षा बजेटको दोब्बर हो। उनले उक्त आह्वान ब्रसल्समा भएको नेटोको सम्मेलनमा गरेको ह्वाइट हाउसले पुष्टि गरेको छ।

अमेरिकी राष्ट्रपति ट्रम्पले उक्त सम्मेलनमा जर्मनीले प्रतिरक्षा क्षेत्रमा निकै कममात्रै खर्च गर्ने गरेको भन्दै आलोचना गरे। नेटोका महासचिवले नेटोका सदस्य राष्ट्रहरूले हालको दुई प्रतिशतको लक्ष्य पूरा गर्नेमा उनीहरूको ध्यान केन्द्रित हुनुपर्ने बताए।

जेन्स स्टोलट्नबर्गले पत्रकारहरूले ट्रम्पको भनाइबारे सोध्दा त्यसको जवाफमा अहिलेका लागि आफूहरूले दुई प्रतिशतको लक्ष्यलाई नै प्राथमिकता दिनुपर्ने बताएका हुन्। उनले दुई प्रतिशतको लक्ष्य भेट्ने दिशा तर्फ जानु नै राम्रो भएको पनि बताए।

शीतयुद्ध अन्त्य भएको दशकौंपछि नेटोका सदस्य राष्ट्रहरूले आफ्नो प्रतिरक्षा खर्चमा निकै कटौती गरेको भन्दै उनले अब फेरि तनाव बढिरहेको समयमा त्यसमा फेरि वृद्धि गर्नुपर्ने आवश्यकता देखिएको बताए।

यसअघि अमेरिकी राष्ट्रपतिहरूले युरोपले आफ्नो प्रतिरक्षा क्षेत्रबारे थप जिम्मेवारी लिनुपर्ने अपिल गरेका थिए। तर कसैले पनि ट्रम्पले जस्तो ठाडो शैलीमा यस्तो कुरा राखेका थिएनन्।

ह्वाइट हाउसकी प्रवक्ता सेराह स्यान्डर्सले राष्ट्रपति ट्रम्पले आफ्ना साझेदारहरूले पनि थप दायित्ववहन गरून भन्ने चाहेको बताइन्।

ताजा भिडियो

टुडिखेलमा प्रधानमन्त्रीको सम्बोधन र मञ्चका दृश्यः सन्दर्भ प्रजातन्त्र दिवस । PM KP Oli Speech .

संघीयता कार्यान्वयनमा असमझदारी: केन्द्र भर्सेज प्रदेश सरकार ।

संसदमै लुट्न सके लुटको दोहोरीः सत्ता र प्रतिपक्ष सांसदले तलव दान गर्ने घोषणा । Lutna Sake Lut l

हामीलाई कुकुर भन्ने ? युवा संघ अध्यक्ष रमेश पौडेलको आक्रोश । Lutna Sake Lut l Pashupati Sharma l