फेरि मुग्लिन नारायणगढ सडकखण्डको पुल भासियो, सवारी आवागमन प्रभावित

२८ अषाढ २०७५

banner

समाचार प्रतिनिधि तस्वीर

काठमाडौँ । मुग्लिन नारायणगढ सडकखण्ड अन्तर्गत इच्छामनकामनामा रहेको १ नम्बर पुल अकस्मात भासिएको छ।

चितवनको इच्छामनकामना गाउँपालिका ५ मा रहेको १ नम्बर पुल भासिदा यातायात प्रभावित बनेका छन्। पुल भासिएपछि अहिले यातायात एकतर्फी रुपमा सञ्जालन गरिएको छ।

हिजो पनि नारायणगढ–मुग्लिन सडक खण्डको गाईघाट नजिक रहेको पुल भासिएपछि सवारी आवागमन प्रभावित बनेको थियो।

नारायणगढ–मुग्लिन सडकखण्डमा रहेका दुई पुल दुई दिनभित्र भासिएपछि सवारी आवागमन प्रभावित बनेको हो।

 

Leave a reply

HTML Tags are not supported

Post My Comment »