बिहे गरिरहेका बेहुलालाई रामधुलाइ कुटेर सामाजिक संजालमा हिरो बने यी फोटोग्राफर 

२८ अषाढ २०७५

banner

एजेन्सी। टर्मीमा एक फोटोग्राफरले बिहे गरिरहेका बेहुलालाई रामधुलाइ कुटेका छन् । ती फोटोग्राफरलाई त्यही बिहेको फोटो खिच्न बोलाइएको थियो । ती बेहुलाले १५ वर्षकी किशोरीसँग बिहे गर्दै थिए । बेहुलाले बालविवाह गर्न लागेको देखेपछि ती फोटोग्राफर ओनुर अल्बायराकले बेहुलालाई नै कुटिदिए । 

सामाजिक संजालमा ओनुरलाई हिरोको दर्जा दिइएको छ । ओनुर टर्कीको मलाट्या प्रान्तका हुन् । केही दिनअघि ओनुरलाई बिहेको फोटोग्राफीको लागि बोलाइएको थियो । ओनुर बिहेमा पुगेपछि देखे कि बेहुला बयस्क थिए तर बेहुली मात्रै १५ वर्षकी किशोरी थिइन् । बिहेका बेला ती बेहुली निकै डराइरहेकी थिइन् । यो देखेर ओनुरले फोटो खिच्न अस्वीकार गरे र बिहे रोक्न भने । उनले बिहे रोक्न भनेपछि बेहुलासँग उनको बहस सुरु भयो । बहस बढेपछि बेहुलाले ओनुरमाथि हात उठाए ओनुरले पनि बेहुलाको नाक नै भाँचिदिए । 

यो घटना सामाजिक संजालमा सार्वजनिक भएपछि ओनुरको सर्वत्र तारिफ भइरहेको छ । ओनुरका अनुसार बेहुला आफ्नो बिहेको विषयमा कुरा गर्न २ हप्ता अगाडि उनीकहाँ आएका थिए । त्यतिबेला बेहुलीको उमेरका विषयमा कुरा भएको थिएन । फोटोगफरले भने कि उनलाई बेहुलाको नाक भाँचिदिएकोमा कुनै पछुतो छैन । टर्कीमा बालविवाहको समस्या बढिरहेको छ । यहाँ कानुनअनुसार बिहेको न्यूनतम उमेर १८ वर्ष हो तर कानुन तोड्दै वालविवाह भइरहेका छन् । ओनुरको घटना सार्वजनिक भएपछि टर्कीका १०० भन्दा धेरै फोटोग्राफरहरुले बालविवाहको फोटो नखिच्ने प्रण गरेका छन् । 

Leave a reply

HTML Tags are not supported

Post My Comment »