"भैरे" प्रदर्शन नहुदै निर्माता निर्देशकद्वारा "भैरे २"को घोषणा(भिडियो)

२८ अषाढ २०७५

banner

काठमाडौँ । चलचित्र "भैरे" प्रदर्शन नहुदै "भैरे २"को निर्माण गर्ने घोषणा गरेका छन् । चलचित्रका निर्माता प्रेम प्रसाद पौडेल र निर्देशक एभरेस्ट सुर्य बोहराले डिसीनेपालसंग कुरा गर्दै "भैरे २"को  निर्माण गर्ने घोषणा गरेका हुन् ।  

चलचित्र "भैरे" आउदो साउनको ४ गतेबाट देशभर प्रदर्शनमा आउदैछ । लामो समय देखि अमेरिकामा बसोबास गर्दै आउनु भएका निर्माता प्रेम प्रसाद पौडेलले चलचित्र "भैरे" पहिलो पल्ट निर्माण गरेका हुन ।

तिन वर्ष पछि "भैरे" चलचित्र निर्देशन गरेका निर्देशक एभरेस्ट सुर्य बोहराले चलचित्र राम्रो बनेको बताए ।  यो चलचित्र निर्देशन गर्नु भन्दा अगाडी सुर्यले "ठुली" चलचित्र निर्देशन गरेका थिए ।  अर्का चलचित्रका निर्माता लेख बहादुर पुनले "भैरे" अर्गानिक चलचित्र भएकोले दर्शकहरुले मन पराउने बिश्वास गरेका छन । 

भिडियो हेर्नुहोस

Leave a reply

HTML Tags are not supported

Post My Comment »

विशेष