खाल्टोमा जमेको पानीमा डुबेर दुई वर्षीय बालकको मृत्यु

२८ अषाढ २०७५

banner

नुवाकोट । नुवाकोटको विदुर नगरपालिका ५ मा खाल्टोमा जमेको पानीमा डुबेर दुई वर्षीय बालकको मृत्यु भएको छ।

मृत्यु हुनेमा राजेश तिमिल्सिनाका छोरा रञ्जित तिमिल्सिना रहेको नुवाकोटका प्रहरी प्रमुख वसन्त कुँवरले जानकारी दिए।

खेल्ने क्रममा खाल्टोको पानीमा डुबेका बालकलाई उद्धार गरी उपचारका लागि जिल्ला अस्पताल त्रिशूली लैजाँदै गर्दा बाटोमा नै मृत्यु भएको हो।

Leave a reply

HTML Tags are not supported

Post My Comment »