अफगानिस्तानमा हिंसात्मक घटनामा परी चार प्रहरी र ८८ लडाकूको मृत्यु

२८ अषाढ २०७५
banner

काबुल । अफगानिस्तानका दुई प्रान्तमा भएका हिंसात्मक घटनामा परी चार प्रहरी र कम्तीमा ८८ लडाकू मारिएका छन्।

स्थानीय सरकारी अधिकारीहरुले बिहीबार दिएको जानकारी अनुसार पूर्वी पक्टिआ प्रान्तमा भएको घटनामा ५१ जना तालिबान लडाकूको मृत्यु भएको छ।

सुरक्षाकर्मीहरुसँग भएको झडपका क्रममा अरु कैयौँ लडाकूहरु घाइते पनि भएको समाचारमा जनाइएको छ।

अहमद अबाद जिल्लाको बान्ड ए मिचाल्घो क्षेत्रमा बिहीबार केही घण्टाको अन्तरालमा भएका हिंसाका घटनाहरुमा परी उनीहरुको मृत्यु भएको प्रहरीका प्रान्तीय प्रवक्ता सरदार वाली तवासामले सिन्ह्वालाई जानकारी दिए।

लडाकूहरूले सुरक्षा चौकीहरुमा आक्रमण गरेपछि झडप भएको हो। लडाकूहरूको आक्रमणमा परी प्रहरीतर्फ पनि चार जना मारिएका छन् भने छ जना घाइते भएका छन्।

त्यसैगरी उत्तरी जावज्जान प्रान्तमा २८ जना इस्लामिक स्टेट (आइएस) लडाकूहरू मारिएका छन्। सो प्रान्तमा नौ जना तालिवान लडाकूको पनि मृत्यु भएको छ।

घटनामा परी १६ जना आइएस लडाकू र ११ जना तालिवान लडाकू घाइते भएको अधिकारीहरूले जानकारी दिएका छन्।

ताजा भिडियो

'माेदी स्टाईल'मा प्रचण्डकाे हिन्दी भाषण ।Puspa Kamal Dahal 'Prachanda' ।

'घाममा सुकाइदेउ' गीतका गायक गायिकाबीच चल्यो पोल खोल्ने होड | Samir Acharya | Biddya Tiwari |

मेलम्ची खानेपानी : संसदमा उठ्याे प्रश्न, भ्रष्टाचारकाे प्राेजेक्सन वा कमिसन खाने खेल ? Bina Magar ।

'लुट्न सके लुट' मा प्रधानमन्त्रीकाे प्रतिकृया । Lutna Sake Lut । PM Kp Oli ।