पुज्डमोनद्वारा सुपुर्दगीपछि पनि सङघर्ष गर्ने प्रतिवद्धता

२८ अषाढ २०७५
banner

बार्सिलोना, स्पेन । क्याटलोनियाको स्वतन्त्रता पक्षधर अपदस्थ सरकार प्रमुख काल्र्स पुज्डमोनले आफू र आफ्नो समूहका पृथकतावादी नेताहरूले आफ्नो अभियानले सफलता नपाउँदासम्म सङ्घर्षलाई जारी राख्ने बताएका छन्।

जर्मनीको अदालतले उनलाई सुपुर्दगी गर्ने निर्णयसँगै बिहीबार उनले भने, “हाम्रो अभियानले सफलता नपाउँदासम्म सङ्घर्ष जारी रहनेछ।”

पुज्डमोनलाई जर्मनीको अदालतले स्पेनी न्यायाधीशले माग गरेजस्तो राजद्रोहको अभियोग भने लगाएको छैन।

हामीले अन्त्यसम्म सङ्घर्ष गर्नेछौँ र जित्नेछौँ, पुज्डमोनले सामाजिक सञ्जाल ट्वीटरको आफ्नो पेजमा लेखेका छन्।

क्याटलोनियामा पुज्डमोनको नेतृत्वमा गत अक्टुबरमा गरेको स्वतन्त्रताको प्रयास स्पेनको केन्द्र सरकारले प्रत्यक्ष शासनमार्फत असफल पारेको थियो।

तर केन्द्र सरकारको नेतृत्वमा भएको निर्वाचनमा पुनः स्वतन्त्रता पक्षधर समूहहरूको नै बहुमत आएको थियो।

 

ताजा भिडियो

छ्या ! बस पार्कको दृश्य । Kathmandu Buspark l DC Road Show- EP-1 l

म भनेर हाेईन गरेर देखाउछु : प्रधानमन्त्री ओली || Pm Kp Sharma Oli ||

जनकपुरमा रेल । Rail in Janakpur l

विप्लवलाई ओलीकाे कडा चेतावनी : जेल जान तयार हुनुस् | Kp Sharma Oli | Netra Bikram Chand |