भोलिबाट देशभर प्रर्दशनमा आउँदै चलचित्र 'यो पागल मन'

२८ अषाढ २०७५

banner

काठमाडौँ । चलचित्र ’यो पागल मन’ भोलि शुक्रबार अर्थात असार २९ गतेबाट देशव्यापी प्रदर्शनमा आउने भएको छ।

लभस्टोरी जनरामा निर्माण भएको चलचित्र यो पागल मनमा गौरी मल्ल, बिनोद न्यौपाने, रिचा सिहं ठकुरी, राजेश ढुंगाना, एनि कँुवर लगाएतका कलाकारको मूख्य भूमिका रहेको छ।

त्रिकोणात्मक प्रेम कथामा आधारित यस चलचित्रमा बिनोद न्यौपानेलाई लभर ब्वाईको रुपमा देखाईएको छ भने नाई नभन्नु ल मार्फत चलचित्रमा डेब्यु गरेकी नायिका रिचा सिंह ठकुरीले ५ बर्षपछि यसै चलचित्र मार्फत कमब्याक गर्दैछिन्।

यस्तै यो चलचित्रमा गौरी मल्ल पनि सशक्त भूमिकामा छिन्। यो चलचित्रलाई निर्देशन कल्याण अधिकारीले गरेका हुन् । उनको पनि यो डेब्यु चलचित्र हो ।

चलचित्रको प्रदर्शनीका लागि आफु निकै उत्साहित रहेको कल्याणको भनाई छ।

यो चलचित्रमा अर्जुन पोखरेलको संगीत, राजु किरात राईको द्धन्द्ध निर्देशन, दयाराम पाण्डेको गीत रहेको छ। आफुले कार्यक्रम गरेर पहिला फिल्म घोषणा गरेपनि यो पागल मनले अरु तीन नेपाली चलचित्रसँग जुध्नु पर्ने भएको छ।

यसरी जुधाएकोमा दुःख व्यक्त गर्दै नेपाली फिल्महरु एक आपसमा जुध्दा कुनै पनि फिल्मलाई फाईदा नहुने निर्देशक एवम् निर्माता कल्याण अधिकारीले बताएका छन्।

धेरै दुःख गरी आफुले ३ बर्षको समय पश्चात रिलिज गर्न खोजे पनि काठमाडौं उपत्यका र मोफसलमा धेरै हल पाउन नसकेको उनको गुनासो छ।

यो चलचित्रले काठमाडौं उपत्यकामा ७ ओटा सिनेमा हल र मोफसलमा १२ ओटा सिनेमा हल पाएको पनि निर्देशक तथा निर्माता कल्याण अधिकारीले जानकारी दिए।

थोरै सिनेमा हल पाए पनि यस फिल्मलाई दर्शकले मन पराउनेमा म विश्वस्त छु उनी भन्छन् ।

 

Leave a reply

HTML Tags are not supported

Post My Comment »