गायक सुनिल छिदालको आधुनिक गीत ‘मेरो सपना’ (भिडियो)

२८ अषाढ २०७५

banner

काठमाडौं । गायक सुनिल छिदालको ‘मेरो सपना’ बोलको आधुनिक गीत सार्वजनिक भएको छ।

युट्युब मार्फत सार्वजनिक भएको ‘मेरो सपना’ बोलको आधुनिक गीत केही दिनमै भाइरल बनेको छ।

उक्त गीत अहिलेसम्म २ लाख ९ हजार २३७ पटक हेरिएको छ। गीतलाई १८ हजारले लाइक गरेका छन्। गायक तथा संगीतकार कर्ण सन्ज्यालको शब्द तथा संगीत रहेको गीतलार्इ तरंग डिजिटल रेकर्डिङ स्टुडियोले बजारमा ल्याएको हो।

उक्त गीतमा गायक जय देवकोटा र टिना श्रेष्ठको अभिनय रहेको छ। भिडियोलाई रोजल थापाले निर्देशन गरेका हुन भने छायांकन करन चैसिरले गरेका हुन्।

(भिडियो सहित)

Leave a reply

HTML Tags are not supported

Post My Comment »