बस दुर्घटनामा परि १४ जनाको ज्यान गएकै ठाउँमा फेरी जिप खस्यो, ३ जनाको मृत्यु

२८ अषाढ २०७५

banner

प्रतिनिधिमुलक तस्बिर

काठमाडौँ । सिन्धुपाल्चोकको पाँचपोखरी थाङपाल गाउँपालिकाको सल्लेमा आज राति भएको जिप दुर्घटनामा तीन जनाको ज्यान गएको छ।

सिन्धुपाल्चोकको मेलम्चीबाट भोताङ जाँदै गरेको  लु १ च ९९९ नम्बरको जिप थाङपालकोट र थाङपालधापको सिमाना  फ्याफुला डाँडामा स्टार्ट बन्द भएपछि जिप सडकबाट करिब ४ सय मिटर तल खसेको प्रहरीले जनाएको छ।

जिप दुर्घटनामा परि घाईते भएका ९ यात्रुलाई उपचारका लागि स्थानीय अस्पतालमा लगिएको जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकले जनाएको छ।
मृत्यु हुनेमा दुई जना महिला र एक जना पुरुष रहेका छन्। केही वर्ष पहिले यही स्थानमा यात्रुवहाक बस दुर्घटना हुँदा १४ जनाको ज्यान गएको थियो।

 

Leave a reply

HTML Tags are not supported

Post My Comment »