चलचित्र ‘कायरा’को ‘सुखमा तिमीसँगै हाँसु’ गीत रिलिज (भिडियो)

२८ अषाढ २०७५

banner

काठमाडौं । चलचित्र ‘कायरा’को ‘सुखमा तिमीसँगै हाँसु’ गीत रिलिज भएको छ।

श्रावण १८ गते प्रदर्शन हुने कायरा चलचित्रमा आर्यन सिग्देल इन्टरटेनमेन्ट र आर एण्ड आर प्रोडक्सनमा रिलिज भएको हो।

व्यानरमा निर्मित कलाकार आर्यन सिग्देल, साम्राज्ञी राज्यलक्ष्मी शाह, शिशिर राणा, हितेश शर्मा, सुरेश न्यौपाने र मरिष श्रेष्ठको अभिनय रहेको छ।

राजकुमार भट्ट कार्यकारी निर्माता रहेको उक्त चलचित्रको निर्देशन लक्ष्मण रिजालले गरेका छन्।

शिवराम श्रेष्ठ (आशिकी)को छायांकन रहेको ‘कायरा’ चलचित्रको कथाबस्तु नायक आर्यन सिग्देलले लेखेका छन्।

जसमा पटकथा सम्बाद केदार भुसालको रहेको छ भने चलचित्रको कोरियोग्राफी प्रविन सिंहले गरेका छन्।

चलचित्र सम्पादन बनिष शाह र मिलन श्रेष्ठले गरेका छन् भने संगीत कोशिष क्षेत्रीको रहेको छ। त्यस्तै ‘सुखमा तिमीसँगै हाँसु’ गीतको शब्द सिर्जना कोशिस क्षेत्रीले नै गरेका छन् स्वर भने गायक केतन क्षेत्रीको रहेको छ।

 (भिडियो)

Leave a reply

HTML Tags are not supported

Post My Comment »