वर्षाले पल भनेर जिस्काउँदा, धमला बनेर थर्काइन् आँचलले

२८ अषाढ २०७५
banner

काठमाडौं । नेपाली चलचित्र अभिनेत्री आंचल शर्मा पछिल्लो समय लोकप्रियता हासिल गरिरहेकी अभिनेत्री हुन्। एकल रुपमा भन्दा बढी उनी अभिनेता पल शाहसंग जोडिएर समाचारमा छाउने गर्छिन्।

धेरैले उनीहरुको जोडीलाई वास्तविक जीवनकै जोडी मान्ने पनि गर्छन्। तर, उनीहरुले भने यो कुरालाई नकार्दै आएका छन्। अभिनेत्री वर्ष रावतले यसै कुरालाई लिएर आंचललाई जिस्काएकी छिन्।

उनले एक अन्तर्वार्तामा आंचललाई पलको सन्दर्भ जोडेर जिस्काएकी हुन्। आंचलले पनि वर्षालाई उनको पहिरन र उनका प्रेमी संजोगको नाम जोडेर जिस्काएकी थिइन्। आंचलले वर्षालाई चर्चित पत्रकार ऋषि धमलाको आवाज निकालेर जिस्काएकी हुन्।

वर्षा र आंचलले आफूहरु एक अर्काको साथी र प्रशंसक भएको बताएका छन्। एक-अर्काको चलचित्रको प्रशंसा र अभिनय गरेर देखाउंदै उनीहरुले आफूहरुलाई एक-अर्काको काम तथा लोकप्रियतासंग डाहा नलाग्ने समेत बताएका छन्।  

 

ताजा भिडियो

'माेदी स्टाईल'मा प्रचण्डकाे हिन्दी भाषण ।Puspa Kamal Dahal 'Prachanda' ।

'घाममा सुकाइदेउ' गीतका गायक गायिकाबीच चल्यो पोल खोल्ने होड | Samir Acharya | Biddya Tiwari |

मेलम्ची खानेपानी : संसदमा उठ्याे प्रश्न, भ्रष्टाचारकाे प्राेजेक्सन वा कमिसन खाने खेल ? Bina Magar ।

'लुट्न सके लुट' मा प्रधानमन्त्रीकाे प्रतिकृया । Lutna Sake Lut । PM Kp Oli ।