४३ जना युवतीहरु लेटाङ प्रिन्सेस बन्ने कसरतमा (भिडियो सहित)

२८ अषाढ २०७५

banner

काठमाडौं । सृष्टी लामा यतिबेला लेटाङ प्रिन्सेस बन्ने ध्यानमा छिन्। लेटाङ लायन्स क्लबको आयोजनामा भइरहेको उक्त प्रतियोगितामा लामाजस्तै ४३ जना युवतीहरुको ध्यान यतिबेला लेटाङ प्रिन्सेस उपाधिमा छ। लेटाङकै जुनु लिम्बू पनि लेटाङ प्रिन्सेस बन्ने संघर्षरत छिन्।

शान्ति राई, बारा राई, निस्मा ठकुरी, राहिल गिरी, रोशनी लिम्बू, सजिना लिम्बू, कृतिका कट्टेल, सुनईना कार्की, विविका लिम्बू, लबिसा श्रेष्ठ, यूनिसा निरौला, प्रिंयका रानामगर, नम्रता चाम्लिङ राई, हाङमा लावती, निता लुङ्गेली मगर, जानुका मगर, अनिशा तामाङ, लिजा सुवेदी, सुष्मा निरौला, अस्मिता लुईटेल, विपिना राई, मनिला साम्पाङ राई, दर्शना न्यौपाने, प्रजिसा ढकाल लेटाङ प्रिन्सेस बन्ने भन्ने होडमा छन्।

त्यस्तै आस्था राई, अस्मिता लिम्बू, बन्दना लिम्बू, सुजाता खतिवडा, नाईशा दियाली, रुपा थापा, श्रेया लिम्बू, फुङ्मा वजी, मुना मल्ल, प्रतिशा बुढाथोकी, सुनिता राई, साइन्द्रा बान्तावा राई, संगम राई, क्यामा लामा, दिपा लिम्बू, सुनिता भट्टराई रहेका छन्।

किशोरीहरुको क्षमता विकास र अन्तरनिहीत प्रतिभा प्रष्फुटन गराउने उद्देश्यले आयोजना गरिएको उक्त प्रतियोगिताको फाइनल राउण्ड साउन २ गते ग्रीन पिस पार्टी प्यालेस लेटाङमा हुँदैछ। लेटाङ नगरपालिका भरीका १४ बर्षदेखि २० बर्षसम्मका किशोरीहरुमध्ये सुन्दरता, अनुशासन, व्यक्तित्व, आत्मविश्वास र प्रस्तुतिका आधारमा ४३ जना प्रतियोगीहरुको छनौट गरिएको थियो।

मिसेस नेपालकी उपविजेता एवं सामाजिक व्यक्ति शान्ति पाख्रिनले व्यक्तित्व विकास, सामाजिक रहनसहन, नैतिक जिम्मेवारी, जीवनशैली, कला संस्कृति, उद्घोषण, क्याटवाक, अवलोकन भ्रमणका बारेमा प्रशिक्षण दिइरहेकी छिन्।

उक्त प्रतियोगितामा सहभागिताहरु कहिले ट्राफिक सचेतना गर्छन् त कहिले नगर क्षेत्रका समस्याका बारेमा जानकारी लिन पुग्छन्। नगरभित्रका समस्याहरु सबैले तालिम हलमा सुनाउँछन्। त्यहाँ छलफल गर्छन् र समाधानका उपायहरु पनि केलाउँछन्। कहिले प्रहरी, कहिले पत्रकार, कहिले बैंकर्स, कहिले खेलाडी, विभिन्न व्यक्तिसँग लेटाङ प्रिन्सेसमा सहभागीले अन्तक्रिया गरिरहेका छन्।

किशोरीहरुको व्यक्तित्व विकासका साथै समाजलाई बुझ्ने क्षमताको विकास होस् भन्नका लागि प्रतियोगिता गरिएको कोरियोग्राफर एवं आयोजक क्लबकी अध्यक्ष पाख्रिनको भनाई छ। सहभागीहरुलाई एक महिनादेखि प्रशिक्षण दिनुको साथै सामाजिक कार्यमा सहभागी गराइरहेको छ।

विजेताले ताजसहित विभिन्न कलेजमा छात्रबृत्तिको साथै आकर्षक पुरस्कारहरु समेत पाउने आयोजकले जनाएको छ। बुधबार पूर्वी मोरङका पत्रकारहरुसँग लेटाङ प्रिन्सेसका सहभागीहरुले अन्र्तक्रिया गरेका छन्। सञ्चार क्लब नेपाल उर्लाबारीमा सहभागीहरुले अन्र्तक्रिया कार्यक्रम गरेको अध्यक्ष सरोज बस्नेतले जानकारी दिए।

त्यस्तै बुधबार उर्लाबारी–७ स्थित नमूना बाल गृहका बालबालिकाहरुलाई खाद्यान्य सहयोग गर्नुको साथै आश्रममा आश्रित बालबालिकाहरुसँग रमाएका छन्। उनीहरुले भबिष्यमा पनि बाल गृहलाई सक्दो सहयोग गर्ने बताएका छन्। लेटाङ प्रिन्सेसमा सहभागी संगम राईले भनिन्, ‘बाल गृहमा आश्रित बालबालिकाहरुलाई केही गर्ने इच्छा छ।’

गृहकी अध्यक्ष मीना बरालले लेटाङ प्रिन्सेसहरुलाई सफलताको कामनासहित बाल गृहको अवस्थाबारेमा बेलिविस्तार लगाइन्। सञ्चारकर्मी घनश्याम भण्डारीले सञ्चालन गरेको उक्त कार्यक्रममा लेटाङ लायन्स क्लबकी अध्यक्ष शान्ति पाख्रिन, सामाजिक व्यक्तित्व मानबहादुर श्रेष्ठ लगायत मन्तव्य राखेका थिए।

(भिडियो सहित)

Leave a reply

HTML Tags are not supported

Post My Comment »