अष्ट्रेलियामा एक नेपालीलाई बलात्कारको आरोपमा साढे ६ वर्ष जेल

२८ अषाढ २०७५

banner

अष्ट्रेलिया । अष्ट्रेलियामा एक नेपालीलाई बलात्कारको आरोपमा साढे ६ वर्ष जेल सजाय सुनाएको छ।

बलात्कारको आरोप लागेका ती नेपाली युवालाई मेलबर्नस्थित एक अदालतले साढे ६ वर्षको जेल सजाय सुनाएको हो।

२९ वर्षीय ती युवाले करिब एक वर्षअघि २३ वर्षीया युवतीलाई यौन उत्पीडन गरेको र बलात्कार गरेको अभियोगमा अदालतले बिहीबार सजाय सुनाएको हो।

युवतीसँगै पबमा बसेर मदिरा पिउदै गर्दा एकआपसमा चुम्बन समेत गरेका थिए। त्यसपछि युवतीको अनुमतिमा उनकै घरमा बास बसेको र युवती सुतेको अवस्थामा बलात्कार गरेको आरोप लागेको छ।

घटनाको बारेमा उजुरी परेपछि उनलाई अध्यागमनको हिरासतमा राखिएको थियो। ती युवाले आरोपलाई भने अस्वीकार गरेको बताइएको छ।

अष्ट्रेलियामा शारीरिक उत्पिडन र बलात्कारको घटनालाई गम्भीर रुपमा लिइने गरिन्छ। अष्ट्रेलियामा बलात्कारको अधिकतम् सजाय २५ वर्ष रहेको छ।

Leave a reply

HTML Tags are not supported

Post My Comment »