अमेरिकाको बोस्टनमा गायिका अञ्जु पन्तको ‘एकल साँझ’ कार्यक्रम हुने

२८ अषाढ २०७५

banner

वासिंटन डिसी । अमेरिकाको बोस्टनमा गायिका अञ्जु पन्तकोे ‘एकल साँझ बोस्टन’ नामक कार्यक्रम हुने भएको छ।

आगामी जुलाई २२ तारिख आइतबारका दिन हुने उक्त कार्यक्रम बोस्टनको आर्लिंगटन शहरको रिजेन्ट थिएटर (रंगशाला)मा हुने भएको हो।

गायिका अन्जु पन्तको अमेरिकाको तेश्रो पटकको यात्रामा उनको एकल साँझ बोस्टन वाचन हुने भएको हो।

बोस्टनमा हुने उक्त कार्यक्रम हिमालय हेरिटेज कल्चरल एकडेमीले प्रस्तुत गरेको हो भने बोस्टनका विभिन्न सामाजिक संस्थाहरुको सहयोगमा उक्त कार्यक्रम हुने भएको आयोजकले जनाएको छ।

प्रवेश शुल्क २५ डलर रहेको उक्त कार्यक्रमस्थलमा टिकट किन्दा ३० डलर पर्ने आयोजकले जनाएको छ।

पन्तको ‘न बिर्से तिमीलाई’, ‘म तिमी बिना मरिहाल्छु,’ ‘सुर्के थैली खै’, ‘म यस्तो गीत गाउँछु’, ‘भन्छु आज’, ‘तिमी रोएको पल’ लगायत चर्चित गीतहरु गाउने भएकी छन्।

Leave a reply

HTML Tags are not supported

Post My Comment »