दक्षिण अफ्रिकामा मृत्यु भएका श्रेष्ठको परिवारलाई दुई लाख ८१ हजार सहयोग

२८ अषाढ २०७५

banner

स्याङ्जा । दक्षिण अफ्रिकामा मृत्यु भएका महेश श्रेष्ठको परिवारलाई दुई लाख ८१ हजार सहयोग गरिएको छ।

तीन महिना अघि दक्षिण अफ्रिकामा मोटरसाइकल दुर्घटनामा परी ज्यान गुमाएका वालिङ–९, भुम्रेका २७ वर्षीय महेश श्रेष्ठको परिवारलाई सोमबार वालिङमा रु दुई लाख ८१ हजार ६०६ प्रदान गरिएको हो।

दक्षिण अफ्रिकामा पुलिस विभागमा कार्यरत रामप्रसाद पन्तको पहलमा सोही देशमा कार्यरत नेपालीबाट संकलन गरिएको रकम मृतकमा पिता भीमप्रसाद प्रधानलाई हस्तान्तरण गरिएको हो।

‘२७ वर्षको उमेरमा विदेशी भूमिमा ज्यान गुमाएका श्रेष्ठको परिवारलाई परेको दुःखमा सान्त्वना दिनका लागि सानो सहयोग संकलन गरी हस्तान्तरण गरेको पन्तले बताए। ‘यो रकमले ५ वर्षीया छोरीको शिक्षा दिक्षामा केही सहयोग हुने विश्वास लिएका छौं’ उनले भने।

Leave a reply

HTML Tags are not supported

Post My Comment »

विशेष