चलचित्र ‘झमकबहादुर’ को पोस्टर सार्वजनिक

२८ अषाढ २०७५
banner

काठमाडौं । केही समय अघि ट्रेलर सार्वजनिक भएसंगै मुम्बई एक्सप्रेसको कपी भनेर निकै आलोचना खेपेको चलचित्र  झमकबहादुरको २ पोस्टर सार्वजनिक गरिएको छ।

२ पोस्टरबाटै थाह हुन्छ की चलचित्र कमेडी जनरामा निर्माण गरिएको छ भनेर। चलचित्र नितान्त नेपाली परिवेश सुहाउदो आफ्नै मौलिकतामा शुद्ध कमेडी बेस चलचित्र रहेको यस चलचित्र निर्देशक भोमन कटुवाल बताउँछन।

चलचित्र कँही कतैबाट पनि मुम्बई एक्सप्रेस कपी नरहेको उनको दाबी रहेको छ। सुन तस्करी, लुट पाट लाई मुख्य बिषय बनाई कमेडी बेशमा हामीले प्रस्तुत गरेका छौ उनी बताउँछन्। यस चलचित्रमा अनुप बिक्रम शाही, यादब देपकोटा (सरापे), राजु कमेडी, मिन कुमार तामाङ, कल्याण अधिकारी, राजन मर्हजनको र सुजाता थापा मुख्य भूमिका रहेको छ भने संगीत ओम सुनारको रहेको छ।

दन्द राजु किराँत राईको रहेको यस चलचित्रलाई मिन कुमार तामाङले निर्माण गरेका छन्। सह निर्माता कोपिला कुमारी डल्लाकोटी रहेकी छन्।पवन गौतमको छायाङकन रहेको यस चलचित्रलाई भोमन कटुवालले निर्देशन गरेका छन्। यस चलचित्र श्रावण १८ गते नेपाल भर प्रर्दशन हुदैछ।

ताजा भिडियो

छ्या ! बस पार्कको दृश्य । Kathmandu Buspark l DC Road Show- EP-1 l

म भनेर हाेईन गरेर देखाउछु : प्रधानमन्त्री ओली || Pm Kp Sharma Oli ||

जनकपुरमा रेल । Rail in Janakpur l

विप्लवलाई ओलीकाे कडा चेतावनी : जेल जान तयार हुनुस् | Kp Sharma Oli | Netra Bikram Chand |