डा. केसीको अनशन : आजदेखि आकस्मिकबाहेकका सेवा बन्द

२९ अषाढ २०७५

banner

काठमाडौं। १४ दिनदेखि आमरण अनशनमा बसेका डा. गोविन्द केसीको जीवन रक्षाकालागि सरकार संवेदनशीलन भएको भन्दै त्रिवि शिक्षण अस्पतालका आवासीय चिकित्सकले आजदेखि आकस्मिकबाहेकका सबै सेवा ठप्प पार्ने घोषणा गरेका छन्।

त्रिवि शिक्षण अस्पतालमा कार्यरत आवासीय चिकित्सकको संस्था नेसनल रेजिडेन्ट डक्टर्स एसोसिएसन ९एनआरडिए० ले शुक्रबारदेखि आकस्मिकबाहेकको सेवा ठप्प पार्ने घोषणा गरेको छ ।

एसोसिएसनका अध्यक्ष डा। सुमित पाण्डे र सचिव डा।विश्वराज तिमल्सिनाले विज्ञप्तिमार्फत १३ दिनसम्म पनि अनशनप्रति सरकार मौन रहनुले स्तब्ध बनाएको उल्लेख छ। एसोसिएसनमा ३ सयभन्दा बढी आवासीय चिकित्सक आबद्ध छन्।

एसोसिएसनले धेरै दिनदेखि धैर्य गरेर कालोपट्टी बाँध्नेलगायतका विरोधका कार्यक्रम गर्दा सरकारले नसुनेपछि कठोर कदम चाल्न बाध्य भएको उल्लेख गरेको छ। हडतालबाट हुने असुविधा तथा क्षतिको जिम्मेवार सरकार आफैं रहने विज्ञप्तिमा उल्लेख छ।

नेपाल चिकित्सक संघको आह्वानमा देशभरका चिकित्सक एवं पेसाकर्मीले बुधबारैदेखि देशभरका स्वास्थ्य संस्थामा एक घण्टा सेवा छाडेर धर्नाको कार्यक्रम जारी राखेका छन् । संघले सरकार तत्काल संवेदनशील नभए देशभर सेवा ठप्प पार्ने चेतवनी दिँदै आएको छ।
 

Leave a reply

HTML Tags are not supported

Post My Comment »