जब ‘दिलबर दिलबर...’ गीतमा कम्मर मर्काइन् यी युवतीले (भिडियो)

२९ अषाढ २०७५

banner

एजेन्सी। निर्देशक मिलाप जावेरीको फिल्म ‘सत्यमेव जयते’ को गित ‘दिलबर दिलबर...’ यूट्यूबमा रिलीज भएको छ। जुन गीत सामाजिक संजालमा निकै भाइरल भएको छ। र उक्त गीतमा मन पनि गराइएको छ। केही दिन अगाडि सत्यमेव जयतेको अर्को गीत ‘पानियों सा...’ पनि यूट्यूबमा रिलीज भएको छ। यो गीतलाई पनि दर्शकले मन पराएका छन्। 

जोन अब्राहमको यो फिल्मको गीत ‘दिलबर दिलबर...’ कनिष्का नामकी युवतीले आफ्नो घरका छतमाथि डान्स गरेकी छन्। भिडियोमा उनले निकै राम्रोसँग कम्मर हल्लाएकी छन्। कनिष्का एक नृत्यांगना हुन् र बेला बेलामा उनी आफ्नो नृत्यको भिडियो समाजिक संजालमा पोष्ट गरिरहेकी हुन्छिन्।  कनिष्काको यो डान्सलाई यूट्यूबमा निकै मन पराइएको छ। 

फिल्म सत्यमेव जयतेको गीत दिलबर दिलबर... मा चर्चित गायक नेहा कक्कडको स्वर रहेको छ। यो गीत चार्टबीटमा टप लिस्टमा पुगेको थियो। यो गीतमा बलिउडकी अभिनेत्री एवं मोडल नोरा फतेहीले डान्स गरेकी छन्।

Leave a reply

HTML Tags are not supported

Post My Comment »