सिन्धुपाल्चोकमा जीप दुर्घटना हुँदा मृत्यु हुनेकाे संख्या पाँच पुग्याे

२९ अषाढ २०७५

banner

फाइल फोटो

काठमाडौं। सिन्धुपाल्चोकमा जीप दुर्घटना हुँदा मृत्यु हुनेकाे संख्या पाँच पुगेकाे छ। गएराति जिप दुर्घटना हुँदा ३ जनाको घटनास्थलमा र दुई जनाको उपचारका लागि काठमाडौं ल्याउने क्रममा मृत्यु भएको हो। ६ जना घाइते भएका छन्।

इलाका प्रहरी कार्यालय मेलम्चीका अनुसार भोताङका ७५ वर्षीय भिमबहादुर तामाङ, भोताङकै ५५ वर्षीया जयरामी तामाङ र ५३ वर्षीया नानी तामाङको घटना स्थलमै मृत्यु भएको थियाे। ५६ वर्षीय बोधोम तामाङ र २५ वर्षीया सुनमाया तामाङको उपचारको लागि लैजाने क्रममा बाटोमा मृत्यु भएको हो।

पाँचपोखरी थाङपाल गाउँपालिकाको धापबाट भोताङतर्फ गइरहेको लु १ ख १९९ नम्बरको जिप राति करिब फ्याफुल्ला डाँडाबाट ४ सय मिटर तल खसको थियो। बर्षाका कारण उद्धार ढिलो हुँदा बाच्ने सम्भावना भएका दुई जनाको मृत्यु भएको स्थानीयले बताएका छन्।

Leave a reply

HTML Tags are not supported

Post My Comment »