जब ट्रम्प 'रेड कार्पेट'मा बेलायती प्रधानमन्त्रीको हात समाएर डिनरमा पुगे

२९ अषाढ २०७५

banner

काठमाडौँ । अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले बिहीबारदेखि बेलायतको भ्रमण शुरु गरेका छन्।

उक्त भ्रमणका क्रममा ट्रम्प 'रेड कार्पेट'मा त्यहाँकी प्रधानमन्त्री टेरेशा मेलेको हात समातेर डिनरका लागि गएको एक तस्वीर अहिले सामाजिक सञ्जालमा भाइरल बन्दै गएको छ।

डिनरका क्रममा रेड कार्पेटमा पैतल हिँडनु पर्ने भएकाले ट्रम्प टेरेशाको हात समातेर डिनरमा पुगेका थिए। उक्त भेटमा ट्रम्पकी पत्नी मेलेनिया र टेरेशाका पति पनि संलग्न रहेका थिए।

ट्रम्पलाई बेलायती प्रधानमन्त्री टेरेशा मेले ब्लेन्हीम प्यालेसमा स्वागत तथा भेट गर्ने गरेकी थिइन्।

अमेरिकी राष्ट्रपतिका रूपमा उनले गरेको यो पहिलो बेलायत भ्रमण भए पनि बेलायतमा उनको व्यापक विरोध भएको छ।

Leave a reply

HTML Tags are not supported

Post My Comment »