सिन्धुपाल्चोक : बोलेरो दुर्घटनामा ज्यान गुमाउनेको संख्या पाँच पुग्यो

२९ अषाढ २०७५

banner

समाचार प्रतिनिधि तस्वीर

चौतारा । सिन्धुपाल्चोकको किटेनीबाट मानेखर्कतर्फ जाँदै गरेको लु १ ख ९९९ नंंको बलेरो जीप बिहीबार बेलुका ८ः१५ बजे दुर्घटना हुँदा घटनास्थलमा ज्यान गुमाउनेको संख्या पाँच पुगेको छ।

अन्य आठ जना घाइते भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक मोहनप्रसाद पोखरेलले जानकारी दिए। मृत्यु हुनेमा पाँचपोखरी थाङ्पाल गाउँपालिका–३ भोटाङका ६५ वर्षीय भीमबहादुर तामाङ, ६० वर्षीया जयरानी तामाङ, ५६ वर्षीय पोदोम तामाङ, ५३ वर्षीया नानी तामाङ र २५ वर्षीया सुनमाया तामाङ छन्।

गम्भीर घाइते आठ जनालाई उपचारका लागि काठमाडौँ लगिएको छ। सो जीप सडकबाट करीब ४०० मिटर तल खसेर दुर्घटनामा परेको प्रहरी उपरीक्षक पोखरेलले जानकारी दिए।

Leave a reply

HTML Tags are not supported

Post My Comment »