फरक शैलिको गीत 'लौ लौ सररर..' लिएर आए जनक

२९ अषाढ २०७५

banner

प्रतीभावान दाजु भाइ महेश र जनक ताम्राकारको नँया गीत "लौ लौ सररर.." हालै सार्वजनिक भएको छ। यस गीतमा जनक ताम्राकारको स्वर तथा महेश ताम्राकरको शब्द संगीत रहेको छ ।

निकै नै पृथक ढंगको यस गीतमा डोटेली र नेपालि भाषाको सुन्दर प्रयोग पाउन सकिन्छ । ताम्राकार दाजु भाइले पछिल्लो समय नेपाली संगीत बजारमा नँया स्वाद दिइरहेका छन्।

दर्शक श्रोताहरुको साथ सहयोग मिले पक्कै आफुले नेपाली संगीतमा फरकपन ल्याउने कुरामा बिश्वस्त रहेको ताम्राकार बन्धुले बताएका छन । महेश र जनकको जुनकिरी र काफल खान्या कुइयाँ पछील्लो समय निकै रुचाइएका गीत हुन । पहिलो प्रेमको आभासलाइ रमाइलो ढंगले पोक्त गरीएको यसगीतमा भने “लौ लौ सररर पिरिमको आकशैमा , लौ लौ फररर शिमल झैँ बतासैमा,” जस्ता शब्दको प्रयोग भएको छ।

यो गीत अहिले चलन चल्तीमा आएका गीत संगीत भन्दा फरक ढाँचाको रहेको बताइएको छ । यस गीतको म्युजिक भिडियोमा भने अहिलेका चर्चित नायक तथा मोडल आकाश श्रेष्ठ र चर्चित मोडल एलिसा राईको अभिनय रहेको छ । यस गीतको भिडियोलाई सागर प्रधानले निर्देशन गरेका छन् भने  रेकर्ड हाउस प्रोडक्सनले निर्माण  गरेको  हो ।

भिडियो हेर्नुहोस...

Leave a reply

HTML Tags are not supported

Post My Comment »