सनी लियोनीको बायोपिकमा बनेको चलचित्र विवादमा

२९ अषाढ २०७५

banner

एजेन्सी । पोर्न स्टारबाट बलिउड क्षेत्रमा प्रवेश गरेकी सनी लियोनीको जीवनीमा बनेको चलचित्रमाथि विवाद सुरु भएको छ।

किरनजीत कौर नाम गरेको उक्त चलचित्रको केहीदिन अघि ट्रेलर सार्वजनिक भएको थियो। एसजीपीसीका प्रवक्ता दिलजीत सिंहले सनीको बायोपिकको नाम र फिल्ममा उनले प्रयोग गरेको उनको नाममा आपत्ति जनाएका छन्।

उक्त चलचित्रमा सनी लियोनी आफ्नै भूमिका निर्वाह गरेकी छिन्। दिलजीतले उक्त चलचित्रमा प्रयोग भएको शब्दले भावनासँग खेलवाड भएको बताएका छन्। उनले भनेका छन्, धर्म परिवर्तन गरिसकेकी सनीले कौर शब्दको प्रयोग गर्न नमिल्ने बताएका छन्।

यो बारेमा चलचित्र युनिट र सनीले कुनै प्रतिक्रिया दिएका छैनन्।

Leave a reply

HTML Tags are not supported

Post My Comment »

विशेष