बिहानै बाजुरामा भूकम्प

२९ अषाढ २०७५

banner

बाजुरा  । आज बिहानै बाजुरामा भूकम्प गएको छ। आज बिहान ८ बजेर ५८ मिनेट जाँदा ४ दशमलव १ रिक्टरको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ।

भूकम्पमापन केन्द्रका भूकम्पविद् चिन्तन तिम्सेनाले जिल्लाको उत्तरी भेगमा रहेको बूढीनन्दा नगरपालिकाको कोल्टीदेखि पूर्वमा केन्द्रविन्दु बनाएर उक्त भूकम्प गएको जानकारी दिँदै सबैलाई सतर्क रहन आग्रह गरे।

भूकम्प गएपछि सदरमुकामका बांसिन्दाले होहल्ला मच्चाएका थिए।

Leave a reply

HTML Tags are not supported

Post My Comment »