के गर्दैछन् भाइरल बालगायक ध्रुव विक (भिडियो)

२९ अषाढ २०७५

banner

काठमाडौँ। बाजुरा जिल्लाका ध्रुव बिक पछिल्लो केही महिना देखि सामाजिक सञ्जालमा भाइरल बनेका छन् । उनी प्रेम परियार देखि अशोक दर्जीलाई पनि टक्कर दिने खालका गीतहरू गाएर चर्चामा आएका हुन् । 

चर्चित गायक प्रमोद खरेल, बाल गायक प्रेम परियार र भर्खरै चर्चामा आएका अशोक दर्जीको जस्तै गीत गाएर उनी भाइरल बनेका हुन । आफन्तले ध्रुवले गाएको गीतको केही अंश सामाजिक सञ्जाल फेसबुकमा राखेपछि उनी एका एक चर्चामा आएका हुन । यति खेर उनी काठमाडौँको तिरुपाती बोर्डिंग स्कुलको होस्टेलमा बसेर पढ्ने गर्छन। कक्षा ७ मा पढ्ने ध्रुव अहिले पढाई लेखाइमा व्यस्त भएका कारण मिडियामा त्यति नदेखिएको बताउँछन्।

ध्रुव स्कुलमा पढाईको साथ-साथै सङ्गीत पनि सिकिरहेका छन्। सङ्गीत सिकेर आफूले सङ्गीतको स्वर लयको झन् बढी ज्ञान पाएको उनको भनाई छ। उनलाई आफ्ना शिक्षकहरूले पनि हौसला दिने गरेको उनले बताए। करिब ३ महिना देखि होस्टलमा बस्दै आएका ध्रुव यतै घुलमिल भइसकेका छन्। अहिले उनलाई काठमाडौँ नै रमाइलो लाग्ने उनले बताए। उनले काठमाडौँ आएपछि बौद्ध, पशुपति मन्दिर र हुपील्याण्ड घुमिसकेका छन्। उनले सङ्गीत क्लास नहुँदा आफै पियानो बजाएर सङ्गीतको अभ्यास गर्ने गर्छन। सङ्गीतको अभ्यास गरिरहेका ध्रुवले गीत पनि विस्तारै बजारमा ल्याउने बताए।

Leave a reply

HTML Tags are not supported

Post My Comment »