एक मिलियन डलरको स्वामित्व शेयर सहित सगुनद्वारा ‘सगुन फाउण्डेशन’को स्थापना

२९ अषाढ २०७५

banner

वासिङ्गटन डिसी । अमेरिकामा बसोबास गर्ने नेपालीहरुले स्थापना र सञ्चालनमा ल्याएको सामाजिक सञ्जाल सगुनले सामाजिक तथा परोपकारी क्षेत्रमा काम गर्ने उद्देश्य सहित ‘सगुन फाउण्डेशन’ स्थापना गरेको घोषणा गरेको छ । सगुनका संस्थापक गोविन्द गिरीले अमेरिकाको भर्जिनियामा जुलाई १२ मा सो घोषणा गरेका हुन् । 

सगुनको विशेष घोषणाका लागि आयोजना गरिएको पत्रकार सम्मेलनमा सगुन फाउण्डेशनका लागि सगुनले हाल एक मिलियन (१० लाख) अमेरिकी डलर बराबरको इक्युटी शेयर (स्वामित्व शेयर) छुट्याएको र आउँदा दिनहरुमा सगुनले गर्ने आम्दानीका आधारमा सो धनराशीमा वृद्धि गर्दै लगिने समेत गिरीले बताए । 

गिरीका अनुसार सामाजिक सञ्जालको माध्यमबाट समाजमा सकारात्मक सामाजिकीकरण गराउन र सामाजिक सञ्जालमा समय बिताएअनुसार प्रयोगकर्ताहरुलाई आर्थिक प्रतिफल प्रदान गर्ने नयाँ र फरक सोचका साथ सगुनको स्थापना गरिएको हो।

सगुनका यी मूल उद्देश्यमध्ये सकारात्मक सामाजिकीकरणको लागि मद्दत पुग्ने प्रकारका सामाजिक, मानवीय र परोपकारी कामहरु गर्न सगुन फाउण्डेशनको स्थापना गरिएको हो। 

विस्तृत जानकारीका लागि यो लिंकमा क्लिक गर्नुहोस् 

https://www.sagoon.com/invest/

 

 

‘सगनु फाउण्डेशन सगुनको मातहतमा सञ्चालन हुने गैर नाफामुखी सामाजिक संस्थाको रुपमा कार्य गर्नेछ । मुख्य आर्थिक सहयोग सगुनको रहने भएता पनि यो संस्था सामाजिक संस्था र अमेरिकी नियम कानून अन्तर्गत रही सञ्चालन हुने भएकोले यस फाउण्डेशनमा जो कोहिले पनिआर्थिक सहयोग तथा सेवा प्रदान गर्न सक्नेछन्’ गिरीले बताए । 

फाउण्डेशन स्थापनाको आधार र कारणबारे प्रष्ट्याउँदै गिरीले भने ‘सुरुका दिनदेखि सगुनलाई बजारमा ल्याइपुर्याउने दिनसम्म आफ्ना आफन्त तथा साथीभाइहरुले साथ र सहयोग गरे । तर जुन दिनदेखि सगुन बजारमा आयो, त्यही दिनदेखि नै समुदायले सगुनलाई आफ्नो ठानी हुर्काउने, बढाउने काम गर्यो ।’ सगुनलाई समाजले लगाएको गुनलाई धन्यवाद दिंदै उनले भने ‘सगुनले पनि आफ्नो क्षमताअनुसार समुदायलाई सहयोग गर्नु पर्छ भन्ने चाहनाअनुसार सगुनको सामाजिक सेवाका कामगर्ने गरि यो फाउण्डेशनको स्थापना गरिएको हो ।’

‘सबैका लागि सगुन र सगुनकालागि सबै’ बनाउनु सगुन र आफ्नो चाहना रहेको बताउदै गिरीले आउँदा दिनहरुमा सगुनलाई सगुन फाउण्डेशनलाई समेत समुदायले मायागर्दै साथ र सहयोग प्रदान गर्ने आशा व्यक्त गरे । कार्यक्रममा सगुनलाई आजको अवस्थासम्म ल्याइपु¥याउन सहयोग गर्ने सम्पूर्ण लगानीकर्ता, व्यक्ति, संघसंस्था, मिडिया हाउस, सहयोगी तथा शुभेच्छुकहरुलाई सगुन टिम र आफ्नो व्यक्तिगत तर्फबाट गिरीले धन्यवाद दिएका थिए । 

सोही कार्यक्रममा फाउण्डेशन स्थापनाको आवश्यकताका बारेमा सगुनका सह संस्थापक कविन्द्र सिटौलाले बताएका थिए । ‘सगुन स्थापना गर्दाको दिन देखि नै फाउण्डेशन स्थापनाको बारेमा सोच भइरहेको र नेपालमा गएको महाभूकम्पको समयमा फाउण्डेशनको आवश्यकता विशेष महशुस गरिएको थियो । यिनै आधारहरुमा रहेर अहिले आएर सगुन फाउण्डेशन स्थापना गरिएको हो ’ सिटौलाले भने । 

एक मिलियन अमेरिकी डलरको स्वामित्व शेयर सहित फाउण्डेशन स्थापना गरेकोमा सगुनलाई बधाइ दिंदै सामाजिक अभियान्ता तथा अर्थविद् प्रेम संग्रौलाले ‘ठूला व्यवसायिक संस्थाहरु विशेष गरी आइटी क्षेत्रका व्यवसायिक संस्थाहरुले आफ्नो आम्दानीको निश्चित रकम सामाजिक काममा छुट्याएर फाउण्डेशनमार्फत सामाजिक काममा खर्च गर्ने गरेको पाइन्छ । तर सगुनले ती संस्थाहरु भन्दा एक कदम अघि बढेर स्टार्ट अप कम्पनीको अवस्थामा नै यस्तो खाले कार्यको थालनीले समुदायमा सकारात्मक सन्देश प्रवाह हुने देखिन्छ’ भने । 

कार्यक्रमको अन्त्यमा प्रश्नोत्तर सत्र रहेको र सो अवसरमा पत्रकार तथा सहभागीहरुबाट सोधिएका प्रश्नहरुका जवाफ संस्थापक गिरी तथा सहसंस्थापक सिटौलाले दिएका थिए । सगुन फाउण्डेशन स्थापना घोषणा कार्यक्रमको लाइभ भिडियोः 

सगुन फाउण्डेशन स्थापना घोषणा कार्यक्रममा जारी व्यक्तव्यः

Leave a reply

HTML Tags are not supported

Post My Comment »

विशेष