समस्यामा फस्यो गुगल, यूरोपियन संघले लगायो करोडौँको जरिवाना

३ श्रावण २०७५
banner

एजेन्सी । विश्वकै पहिलो नम्बरमा रहेको सर्च इन्जिन गुगल विवादमा तानिएको छ। युरोपियन यूनियन (ईयू)ले बुधबार गुगलमाथि करीब ५ अरब कलरको जरिवाना लगाएको छ।

यूरोपियन यूनियनले अरु मध्ये गुगलमा लगाएको जरिवाना अहिलेसम्मकै बढी हो। तीन वर्षको अनुसन्धानपछि गुगलले प्रतिस्पर्धाको नियम तोडेको आरोपमा दोषी ठहर पाएपछि करोडौँको जरिवाना लगाएको हो।

९० दिनभित्र कारोबारको तरिका सुधार नगरे जरिवाना अझै बढाउने यूरोपियन संघले गुगललाई चेतावनी समेत दिएको छ। यो जरिवाना रकम सन् २०१७ मा गुगलमाथि लगाएको रकम भन्दै निकै ज्यादा हो।

गुगलका सिुदर पिचाईले यस फैसलाका विरुद्ध अपिल गर्ने बताएका छन्। यूरोपियन कमिशनलाई गुगलको सालाना टर्नओवरको १० प्रतिशतसम्म जरिवानाको अधिकार छ। ईयूले गुगलका सिइयोलाई मंगलबार राति फोल गरेर जरिवानाका बारेमा जानकारी गराएको थियो।

ताजा भिडियो

नाकाबन्दीको चोट र टमाटरको भाउ ! Kalimati l

अनाैठाे प्रतिभा भएका नेपाली युवा | Bishal Jung Khadaka | Beatboxing |

कुलमान लाई काउन्टरः म पनि टुडिखेलमा झुन्डिएर मर्न तयार छु- मोदी । Kulman VS Amanlal Modi l

पाँचथर हत्याकाण्डबारे संसदमा चर्चा | Puspa Bhusal | Nepali Congress |