सगुन सफल हुँदा सिंगो देशले लाभ पाउनेछ, त्यसैले सक्दो सहयोग गरौंः डा.उपेन्द्र महतो

३ श्रावण २०७५

banner

काठमाडौँ । नेपाली नेतृत्वको सामाजिक सञ्जाल सगुनले मिनि आइपिओ अन्तर्गत विश्वभर आव्हान गरेको शेयर लगानीको अन्तिम मिति नजिकिएको छ । जुलाई २६ तारिखसम्म म्याद रहेको सगुनको शेयरमा लगानीकर्ताको आकर्षण बढ्दो छ । मिनि आइपिओ अन्तर्गत यो नै लगानीको अन्तिम अवसर हुने भन्दै यसपछि अब शेयर नखुल्ने सगुनका संस्थापक गोविन्द गिरीले घोषणा गरिसकेका छन् ।

सगुनको शेयरमा सबैभन्दा बढी गैर आवासीय नेपालीहरू आकर्षित भएका छन् । गैर आवासीय नेपालीहरूबाटै सुरु भएर आज ग्लोबल कम्पनीका रुपमा विकसित भएको सगुनमा विश्वभर छरिएका नेपालीहरूको शेयर मिसिएको छ । सगुनमा लगानी गर्ने शेयरकर्ताको संख्या ३५ सय नाघेको सगुन डटकममा उल्लेख छ ।

‘मैले संस्थापक गोविन्द गिरीलाई भेटेर उहाँबाट जति जानकारी पाएँ, त्यसबाट म निकै प्रभावित भएँ,’ महतोले थपे ‘गोविन्द गिरीलाई कहाँ काम खोज्ने, कति तलब पाउँछु, परिवार कसरी चलाउने भन्ने चिन्ता थिएन,’ महतोले भने– ‘नेपालीको गौरव बढाउने उहाँको सोच र सपनालाई साथ दिनु हाम्रो पनि कर्तव्य हो ।’

विश्वभर आफ्नो प्रभाव विस्तारमा रहेको सगुनको शेयरमा सहभागी हुने यो अवसरलाई सदुपयोग गर्न प्रतिष्ठित व्यवसायी एवं गैर आवासीय नेपाली संघका संस्थापक अध्यक्ष डा. उपेन्द्र महतोले पनि सुझाव दिएका छन् । सगुनका संस्थापकसँगको भेट पछि सगुनको परिकल्पना र आगामी प्रडक्टबारे आफू निकै प्रभावित भएको भन्दै महतोले सुनाए ‘ग्लोबल कम्पनी खडा गरेर नेपालीहरू पनि आइटीको दुनियाँमा नेतृत्व लिन सक्छन् भन्ने अठोट सगुन टिमले प्रस्तुत गरेको छ,’ महतोले भने– ‘आफ्नो लक्ष्यमा सगुन धेरै अगाडि बढी सकेको छ, यो हामी सबैको लागि गौरवको विषय हो ।’

‘मैले संस्थापक गोविन्द गिरीलाई भेटेर उहाँबाट जति जानकारी पाएँ, त्यसबाट म निकै प्रभावित भएँ,’ महतोले थपे ‘गोविन्द गिरीलाई कहाँ काम खोज्ने, कति तलब पाउँछु, परिवार कसरी चलाउने भन्ने चिन्ता थिएन,’ महतोले भने– ‘नेपालीको गौरव बढाउने उहाँको सोच र सपनालाई साथ दिनु हाम्रो पनि कर्तव्य हो ।’

महतोका अनुसार सगुन जस्ता स्टार्टअप कम्पनीमा लगानीकर्ताका लागि उच्चदरको मुनाफाको अवसर हुनेछ । ‘जोखिमको सम्भावना पनि रहन्छ, तर त्योभन्दा कैयौं गुणा बढी मुनाफाको संभावना हुन्छ,’ महतोको सुझाव छ– ‘नेपाली नेतृत्वकै कम्पनीले विश्व बजारमा प्रतिस्पर्धा गर्दैछ, यो राष्ट्रिय गौरवको विषय पनि हो,’ उनी भन्छन् ‘यस्ता ग्लोबल कम्पनीमा नेपालीहरूको पहुँच विस्तार हुनु सकारात्मक पक्ष हो, त्यसैले म साथीहरूलाई आफ्नो हैसियत र इच्छा अनुसार शेयरमा सहभागिता जनाउँदा उचित हुने सुझाव दिन चाहन्छु ।’

उनले लगानी गर्नु अघि कम्पनीको बारेमा विस्तृत जानकारी लिनु उपयुक्त हुने भन्दै अमेरिकाको कानुन, विधि, प्रकृया पूरा गरेर अगाडि आएको सगुनले धेरै लामो यात्रा तय गरिसकेको बताए ।

महतोका अनुसार सगुन जस्ता स्टार्टअप कम्पनीमा लगानीकर्ताका लागि उच्चदरको मुनाफाको अवसर हुनेछ । ‘जोखिमको सम्भावना पनि रहन्छ, तर त्योभन्दा कैयौं गुणा बढी मुनाफाको संभावना हुन्छ,’ महतोको सुझाव छ– ‘नेपाली नेतृत्वकै कम्पनीले विश्व बजारमा प्रतिस्पर्धा गर्दैछ, यो राष्ट्रिय गौरवको विषय पनि हो,’

अहिलेको समयमा सूचना प्रविधिको विकास र त्यसको अधिकतम प्रयोगले मात्रै कुनै पनि मुलुकको समृद्धि सम्भव हुने भन्दै नेपाली नेतृत्वका आइटी कम्पनीलाई सरकार र जनस्तरबाट पनि सहयोग र हौसला आवश्यक हुने डा. महतको भनाइ छ ।

२५ लाख बढी प्रयोगकर्ता रहेको सगुनले छिट्टै सोसल स्मार्ट कार्ड बजारमा ल्याउँदैछ । सोसल कर्मश प्लेटफर्मका रुपमा स्थापित हुने तयारीमा रहेको सगुनले आफ्ना प्रयोगकर्तालाई उनीहरुले बिताएको समयको मूल्य पनि दिने सोचलाई कार्यान्वयन गर्दैछ । डा. महतोले अहिलेसम्म अन्य सञ्जालहरुमा नभएको स्मार्ट कार्ड र प्रयोगकर्तालाई मुनाफा बाँड्ने यो नयाँ सोचले सगुनलाई सफलतातर्फ डोर्याउने विश्वास व्यक्त गरे । उनले भने ‘तर ढिला गर्नु हुँदैन, यस्तो परिकल्पनालाई अर्कैले एप्लाइ गरिदिन सक्छन् ।’

सगुनमा लगानी गर्नका लागि https://www.sagoon.com/invest/ लगइन गरेर त्यहाँ उपलब्ध हुने फारम भर्न सकिने र त्यहीँबाटै अनलाइन सहायता लिएर सहजै प्रकृया पूरा गर्न सकिने सहसंस्थापक कबिन्द्र सिटौला बताउँछन् । उनका अनुसार जुलाइ २६ गते शेयर बन्द हुने भएकोले अन्तिमका दिनहरुमा बढेको लगानीकर्ताहरुको चासो र सहभागिता व्यवस्थित गर्नका लागि चौविसै घण्टा अनलाईन सहायता खुला गरिएको छ ।

विश्व बजारलाई नजिकबाट नियालेका र रसियामा समेत अग्रपंक्तिका प्रतिष्ठित व्यवसायी कहलिएका डा. उपेन्द्र महतोले सगुनको संभावना, लगानीका प्रतिफल र जोखिमबारे आफ्नो धारणा यो भिडियोमा प्रस्तुत गरेकाछन् ।

भिडियोः

Leave a reply

HTML Tags are not supported

Post My Comment »