उत्तर क्यालिफोर्नीयामा भानु जयन्ती तथा वार्षिक साधारण सभा सम्पन्न

४ श्रावण २०७५
banner

सान फ्रान्सिस्को । अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज उत्तर क्यालिफोर्निया च्याप्टरले २०५ औँ भानु जयन्तीको मनाएको छ।  

अनेसास उत्तर क्यालिफोनिर्या च्याप्टरका अध्यक्ष सर्बज्ञ वाग्लेको सभापतित्व तथा बरिष्ठ संगीतकार मदन दिब्बिमको प्रमुख आतिथ्यमा सम्पन्न सो कार्यक्रममा भानु जयन्ती समारोह समितिका संयोजक बन्धु पोख्रेलले स्वागत मन्तब्य मार्फत सबैलाई स्वागतगरेका थिए। अनेसासका सल्लाहकार तथा समाजसेवी डा टिका लम्सालले भानुभक्त आचार्यको संक्षिप्त परिचय दिदै नेपाली भाषामा उनले पुर्र्याएको योगदानको चर्चा गरे।

कार्यक्रममा एनआर एन आईसीसी सदस्य डिल्लि भट्टराई, एनआरएन अमेरिकाका केन्द्रीय सदस्य बिन्दु सापकोटा, जनसम्पर्क समिति नर्दर्न क्यालिफोर्निया च्याप्टरका वरिष्ठ उपसभापति नारायण खनाल, सन्नी सगरमाथा समाजका सभापति गंगा केसी, बुद्ध नेपाल पिस फाउन्डेसनका सभापति चिन काजी श्रेष्ठ, स्याक्रामेन्टो नेप्लिज लायन्स क्लबका सभापति डा दुर्गा दहाल, सन्निभेल एभरेष्ट लायन्स क्लबका सभापति हरिहर दहाल, लायन्स क्लब अफ लाली गुरॉस बर्क्लीका सभापति निर्मल फुयॉल, सन्फ्रान्सिस्को बुद्ध लायन्स क्लबका चार्टर सभापति प्रकाश लामा, पत्रकार कृष्ण केसी, डा तोया बराल, डा तारा सिक्देल, डा बिनोद न्यौपाने, एनआरएन ग्लोबल हेल्थ एन्ड हाइजिन कमिटीका नारायण पोखरेल, सुनिल राजकर्णिकार, श्रीराम थापा टिका कुमार पुन, स्याक्रामेन्टो उडल्यान्डदेखि समाज सेवी हरिहर दाहाल लगायतको उपस्थिती रहेको थियो।

कार्यक्रममा स्रस्टाह्रुले कविता, गजल, मुक्तक, गीत, हाइकु प्रस्तुत गरेका थिए।  मान्यता हुमागाई, रेवति राज अधिकारी, नारायण खनाल,रिता देबी प्रधान, कृष्णमान श्रेष्ठ, कृष्ण केसी, डिल्लि भट्टराई, मदन दिब्बिम, डा टिका लम्साल, डा दुर्गा दहाल, डा बिनोद न्यौपाने, बन्धु पोख्रेल, हरिहर दहाल, गिता बजगाईं, चिनकाजी श्रेष्ठ, घनस्याम न्यौपाने, डा तारा सिग्देल, टिका पुन, पवन पौडेल, र श्रीराम थापा काजीलगायतले आ आफ्नो रचना प्रस्तुत गरेका थिए।

त्यस्तै कवि धर्मराज कोइरालाले पठाएको कविता गिता बजगाईं र सल्लाहकार सुरेस भट्टले पठाएको कविता बन्धु पोख्रेलले वाचन गरेका थिए। सो समारोहमा बरिष्ठ संगीतकार मदन दिब्बिम, निर्मल फुयॉल, डा टिका लम्साल, टिका कुमार पुन, भूमिका फुयाल, अश्मिता फुयॉल सहितको टोलीले बाद्यबादन सहित गीत प्रस्तुत गरेर वातावरणलाई संगीतमय बनाएका थिए।

कार्यक्रमको अन्त्यमा समारोहका सभापति सर्बज्ञ वाग्लेले कार्यक्रममा उपस्थित भएर सहयोग सबैलाई धन्यावाद प्रदान गरेका थिए। कार्यक्रमको संचालन हरिहर दाहाल र गीता बजगाईंले गरेका थिए। गत जुलाई १५ मा सम्पन्न भानु जयन्ती कार्यक्रम पहिले अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज नर्दन क्यालिफोर्नीया च्याप्टरको वार्षिक साधारण सभा सम्पन्न गरिएको थियो।

ताजा भिडियो

'घाममा सुकाइदेउ' गीतका गायक गायिकाबीच चल्यो पोल खोल्ने होड | Samir Acharya | Biddya Tiwari |

मेलम्ची खानेपानी : संसदमा उठ्याे प्रश्न, भ्रष्टाचारकाे प्राेजेक्सन वा कमिसन खाने खेल ? Bina Magar ।

'लुट्न सके लुट' मा प्रधानमन्त्रीकाे प्रतिकृया । Lutna Sake Lut । PM Kp Oli ।

भित्तामा फोटो हाल्ने नेता भेटिन : भुवन केसी । Interview with Bhuwan KC ।