शिवको पूजा आरधनासँगै सेल्फी मोह (फोटोफिचर)

७ श्रावण २०७५

banner

काठमाडौँ। सेल्फी मोह। विशेष गरी युवा पुस्ताहरुमा चर्चित छ सेल्फी। बाटोमा हिड्दा होस् या सुतिरहेकै बेला होस् मानिसहरु सेल्फी लिन भनेपछि अनुहार खुम्च्याउन देखि लिएर रिसाएको छ भनेपनि मुसुक्क हाँस्ने भइहाल्छन्। अझ साथीहरुसँग घुम्न जाँदा त कुरै नगरौं। वरिपरी को छ छैन वास्ता नै हुँदैन, मात्र ध्यान जति सेल्फीमा केन्द्रित हुन्छ।

आजभोलि सेल्फी घर, बाथरुम, सडक, होटल, रमणीय स्थल हुँदै मठमन्दिरमा समेत पुगिसकेको छ। यसको मतलब नेपाली समाजमा सेल्फीको क्रेज दिनप्रति दिन बढ्दो छ। मठमन्दिरहरुमा समेत मानिसहरु हातमा मोबाइल लिई सेल्फी लिन तल्लिन देखिन्छन्।

 

 

यस्तै दृश्य आज पशुपतिनाथ मन्दिर परिसरमा पनि देखियो। साउनको पहिलो सोमबार भएकै कारण आज विहानै देखि पशुपतिनाथ मन्दिरमा शिवभक्तहरुको बाक्लो उपस्थिती थियो। जहाँ भक्तजनहरु शिवको पूजाअर्चना गर्न देखि लिएर दियो धुप बाल्न व्यस्त देखिन्थे।

यति मात्रै नभएर शिवको पूजाअर्चना सकाएर हातमा मोबाइल लिएर गएका कतिपय भक्तजनहरुले सेल्फी लिन समेत भ्याए। उनीहरु पशुपतिनाथ मन्दिर प्रवेशद्वारमा रहेको शिवको पनि फोटो आवोस् भन्दै सेल्फी लिन व्यस्त देखिए। सेल्फी लिनेमा विवाहित जोडि देखि लिएर युवतीहरु बढी थिए। जहाँ सेल्फी मात्रै नभएर फोटो खिचाउनेहरु पनि उत्तिकै देखिन्थे। हेरौं पशुपतिनाथ मन्दिर परिसर अगाडि देखिएको केही सेल्फीका दृश्यहरु।

Leave a reply

HTML Tags are not supported

Post My Comment »

विशेष