सगुनको शेयरमा बढ्यो आकर्षण, यस्तो छ क्यानडा बस्ने नेपालीहरुको अभिमत

९ श्रावण २०७५

banner

 क्यानडा । सगुनले जारी गरेको ‘मिनीआइपीओ’ मार्फत लगानी गर्ने समय यहिजुलाई २६ तारिक मध्यराती ११ः५९ बजे (न्यूयोर्क समय) सम्ममात्र रहेको छ । लगानीको समय सकिनै लाग्दा विश्वभर छरिएर रहेका नेपालीहरुले सगुनको बारेमा बुझ्ने र लगानी गर्ने क्रम तिब्र रुपमा बढ्दो छ ।

विश्वका धेरै देशहरुमा सगुनका प्रतिनिधि तथा लगानीकर्ताहरु स्वस्फूर्तरुपमा सगुनका बारेमा सर्वसाधारणहरुलाई जानकारी उपलब्ध गराउने र सगुनले पहिलो पटक ल्याएको स्टार्ट अपकम्पनीमा लगानीगर्न पाउने अवसरको बारेमा सुसूचित गराउने काम गरिरहेको पाइन्छ । साथमा गैर आवासीय नेपाली संघका संस्थापकहरु देखि विभिन्न देशमा रहेका यस संस्थाका पदाधिकारीहरुले समेत खुुलेर सगुनलाई साथ र सहयोग गर्न अनुरोध गरिरहेका छन् ।

सगुनको इनोभेटिभ आइडिया र यसले ल्याउन लागेको नयाप्रोडक्टको बारेमा जानकारी प्राप्त भएपश्चात बेलायतका सांसद विरेन्द्र शर्मालगायत विश्वका प्रतिष्ठित व्यक्तित्वहरु साथ शुभकामनाहरु पनि प्राप्त भइरहेका छन् ।  

यसै सन्दर्भमा हालै क्यानडामा सगुनका सहसंस्थापक कविन्द्र सिटौलासंग एनआएरएनए, क्यानडाका अध्यक्ष लगायतका व्यक्तित्वहरुको उपस्थितिमा भएको अन्तरकृया कार्यक्रम पश्चात बोल्दै एनआरएनए, क्यानडाका संस्थापक अध्यक्ष तथा सफल व्यवशायी नवराज गुरुङ्गले सगुनलाई एनआरएनएले साथदिनु पर्ने कारणलाई यसरी बताउछन्, ‘एनआरएनले विदेशमा रहेका नेपालीहरुमा उद्यमशिलताको विकास गराउने मोटो राखेको छ जुन सगुनसंग प्रत्यक्ष मेल खान्छ । एकातिर एनआरएनले नेपालीहरुमा व्यवशायिकता अभिबृद्धि गर्नु पर्छ भनेर भन्ने अनि ठ्याक्कै त्यहिकाम गर्ने सगुनलाई साथ र सहयोग किननगर्ने ? गर्नु पर्छ ।’

सगुनको विषयमा अध्ययन गरेर यो सफल हुन्छ भन्ने आधार देखेर नै आफूले पनिलगानी गरेको बताउने गुरुङले सगुन सफल हुनसक्ने आधारहरुकाबारेमा यसरी बताए :

‘ सैद्धान्तिक आधारः सेलफोन, इमेल, सामाजिक सञ्जाल, इकमर्शहरु अहिले हाम्रो जीवनको दैनिकी बनिसकेका छन् । र सगुनले पनि त्यहि क्षेत्रमा काम थालेको छ अझइनोभेटिभ आइडिया सहित । त्यसैले यो सफल हुन्छ ।’

‘दोश्रो व्यवहारिक आधार : आइटी र इनोभेशनका ठूला कम्पनीहरुले आफ्ना प्रयोगकर्ता बढाउन एशियातिर पाइला बढाएका छन् जहाँबाट सगुनले आफ्नो शुरुवातीबजार विस्तार गर्दैछ । अरुलाई भन्दा सगुनलाई यसमा सजिलो छ किनकी एकातिर प्रविधिको क्षेत्रमा इनोभेशन हुने देशमा बसेर त्यसैमाकाम गरेको र अर्कातिर दक्षिण एशियाको मार्केट, मनोविज्ञान र युजरको चाहना बुझेको सगुनका सृजनाकार तथा टिमछन् । यस्तो प्रबिधि र मार्केटको दुवै ज्ञान भएको सगुन मात्र हो अहिलेसम्म । त्यसैले त सगुन सफलहुन अरुलाई भन्दा सजिलो छ ।’

‘अहिलेसम्म हामी नेपालीहरु अरुले ल्याइदिएका सोसियल मिडिया र इकमर्श साइटका फलोअरमात्र भएका छौँ । तर सगुनले हामीलाई एक्टिभ युजर मात्रहोइन लिडर र ओनर बन्ने मौका समेत दिएको छ । आफ्ना आइडिया दिन सक्ने ढोका खोलेको छ । यसका टिम मेम्बरदेखि संस्थापकहरुसंग कुमजोडेर आफूलाई लागेको कुरा, आफ्नै भाषामा फिड्व्याक दिनपाउने अवसर सगुनले ल्याएको छ । अरु कुनकम्पनीमाहाम्रो लागियो सब सम्भव छ ? साथै सगुनले ‘लर्निङ्ग अपच्र्युनिटि’ पनिदिएको छ हामीलाई । स्टार्टकम्पनी के हो, कसरी यसले लगानीकर्तालाई फाइदा दिन्छ जस्ता कुरा बुझन अवसर सगुनले नै अवसर दिएको छ , नेपालीले नै मौका दिएको छ । त्यसैले विश्वभरि रहेका सबै नेपालीहरुले सगुनमा सहभागिताजनाउनु पर्दछ, साथ र सहयोग दिनु पर्दछ ।’

यसै गरि एनआरएनए क्यानडाका बर्तमान अध्यक्ष गोपीकृष्ण काफ्ले सगुनबारे यसो भन्छन्ः ‘नेपालीले शुरु गरेको भनेपछि त्यतिकै आत्मियता बढछ् मलाई । सगुनको बारेमा पहिला बुझौँं र धेरै नसके थोरै मात्र भएपनि लगानी गरेर सहभागिताजनाऊ । मैले सहभागिताजनाइसकेको छु । सबैलेसाथ र सहयोग दिंदै सगुनलाई स्थापित गरौँ । सगुनलाई शुभकामना ।’

कृषि वैज्ञानिक नारायण घिमिरेको विचारमा सगुनलाई शुभकामना मात्रहोइन सवैको सहभागिताको खाँचो छ । ‘मैले र मेरो परिवारले सहभागिता जनाइसकेका छौं । हामी जस्तै एउटा नेपालीले डायस्पोरामा शुरु गरेको यो अभियानको सफलतामा हामी सबैको सफलताहुनेछ । सबैले बुझौँ र साथदिउँ’ घिमिरे भन्छन् ।

नेपालीलाई चिनाउने सगुनलाई सबैले साथ दिनरियल इस्टेट व्यवशायी मदन के.सी पनि अनुरोध गर्दछन् । त्यस्तै एनआरएनए क्यानडाका पूर्व कोषाध्यक्ष तथा सामाजिक अभियान्ता सूर्य भट्टराईको भनाइमा स्टार्टअपकम्पनीमा सबै भन्दा धेरै लगानीकर्ता भएको कम्पनी बनाउनमात्र ३००० लगानीकर्ताको खाँचो भएको र सबैले साथदिने हो भने त्यो क्यानडाबाट नै सम्भव छ । क्रेडिट कार्डबाट समेत लगानी गर्न सकिने भएकोले यो सगुनको महाअयिभानमा कुनै शंकानगरी लगानीगर्न आह्वान गर्छन ।

टोरण्टो, क्यानडामा सञ्चालित ‘नमस्ते रेडियो’का सञ्चालकतथा रियल इस्टेट क्म्पनीकामार्केटिङ म्यानेजर अनिलथापाले यो शुरुवातीअवस्थामा भएकोले भोलिको सम्भावना देखेर लगानी गरेको बताउँछन् । त्यसैगरि व्यवशायी राज महतको बिचारमा‘यस्तो कम्पनीमा लगानीगर्नु जोखिमपक्कै छ । तर जोखिमन लिइ मुनाफाको पनि आसागर्न सकिन्न । सगुनको विषयमा यहाँ भएको अन्तरकृयामा सहभागि भएर कुरो बुझेँ, सगुन सफल हुन्छ ।  अब लगानी गर्छु । भोलिको दिनमा केहि भइहाले पनि आफूलाई आर्थिकरुपमा क्षतिनपुग्ने गरि लगानीगर्नु अरुलाई पनि अनुरोध गर्दछु ।’

सगुनमा लगानी गर्नुहुने तथा लगानीको लागि इच्छा जाहेर गर्ने क्यानडाका सफल व्यवशायि तथा समाजसेवीहरु रविन्द्र घिमिरे, सञ्जिव रिजाल, ऋषिराम गैरे, कृष्ण तिम्सिना, बीरकाजी गुरुङ्ग, कृष्ण थापा, अरिता गुरुङ्ग, शिशिर पाण्डे, दिनेश मल्ल, राजमहतलगायत सगुनमा लगानी गर्नुहुने क्यानडाका अन्यथुप्रै सामाजिक तथा व्यवशायिक व्यक्तित्वहरुले नेपालीले शुरु गरेको सगुनमा आफूहरुले सहभागिता जनाइसकेको र सबै नेपालीहरुलाई सहभागिता जनाउन आह्वान गरेका छन् । नेपालीको लागिगर्वको विषय, स्टार्ट अपकम्पनीमा लगानीगर्ने पहिलो अवसर र सबै मिलेर यसलाई सफल बनाउँदा नेपाल र नेपालीकै सम्बृद्धिमा टेवापुग्ने भएकोले आफ्नो क्षमताअनुसार सगुनको अभियानमाहातेमालो गर्न अनुरोध गरेका छन् ।

सगुनका सल्लाहकार घनश्याम राजकर्णिकार तथा कमल पौडलका अनुसार क्यानडामा बसोबास गर्ने नेपालीहरुले सगुनको बारेमा बुझ्ने र यसमा लगानी गर्ने क्रम बढ्दो छ । विभिन्न चरणमा सम्पन्न सगुनका विषयमा आयोजना गरिएका अन्तरकृया कार्यक्रमहरुले यस सम्वन्धमा धेरै सहयोग पुर्याएको बताउँछन् । क्यानडाका नेपालीहरुको अत्यन्तै उत्साहजनक सहभागिता रहेको र मिनी आइपीओ मार्फत सगुनमा लगानी अवसरको अन्तिम दिन जुलाई २६ तारिक मध्यरातीसम्म अझ धेरै व्यक्तिहरुको सहभागिता हुने कुरामा विश्वस्त रहेको जनाउछन्। सगुनमा लगानी बारे थप जानकारीका लागि https://www.sagoon.com/invest मा गएर हेर्न सक्नुहुनेछ।

भिडियोमा क्यानडा बस्ने नेपालीको अभिमत

Leave a reply

HTML Tags are not supported

Post My Comment »

विशेष