पर्यटकीय क्षेत्रको अपेक्षित मिशन बन्दै पर्यटन पत्रकारिता

१० श्रावण २०७५
banner

सुर्खेत । कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले पर्यटन पत्रकारिता पर्यटन क्षेत्रको अपेक्षित मिशन भएको बताएका छन्।

नेपाल पर्यटन पत्रकार संघका केन्द्रीय अध्यक्ष धनिराम शर्मा (ऋतुविचार) को नेतृत्वको कर्णालीको पर्यटन पत्रकारहरुको टोलीको अनुरोधपत्र ग्रहण गर्दै मुख्यमन्त्री शाहीले मिशन पर्यटन पत्रकारिता शुरुआत गरेको भन्दै खुशी व्यक्त गरे।

सोचले गन्तव्य निर्धारण गर्दछ, त्यही अनुसारको दृष्टिकोण र योजना बनाएर अघि बढ्नुस्, प्रदेश सरकार सहयोगका लागि तयार रहेको उनले बताए।

उनले भने, ‘कर्णालीको पर्यटनले पत्रकारिताले खुशीसँग अर्थ साट्न उत्साहित हुने गरी पर्यटकलाई आकर्षित गर्न सकोस्। यहाँका ढुंगा, जडीबुटी, हिमाललगायतका प्राकृतिक, ऐतिहासिक, सांस्कृतिक सम्पदाहरुको महत्व विश्वमाझ पुर्यायोस्।’

नेपाल पर्यटन पत्रकार संघका केन्द्रीय अध्यक्ष शर्माले पर्यटनको थुप्रै सम्भावना गर्भमा राखेर बसेको कर्णाली प्रदेशको महत्वलाई प्रकाशमा ल्याउन र त्यसको बजारीकरणमा सहयोग पुर्याउने ध्येयका साथ लागिपरेको अध्यक्ष शर्माले बताए।

ताजा भिडियो

नाकाबन्दीको चोट र टमाटरको भाउ ! Kalimati l

अनाैठाे प्रतिभा भएका नेपाली युवा | Bishal Jung Khadaka | Beatboxing |

कुलमान लाई काउन्टरः म पनि टुडिखेलमा झुन्डिएर मर्न तयार छु- मोदी । Kulman VS Amanlal Modi l

पाँचथर हत्याकाण्डबारे संसदमा चर्चा | Puspa Bhusal | Nepali Congress |