आजको चन्द्रगहण ८ राशीलाई अशुभ, दुष्प्रभावबाट बच्न के गर्ने के नगर्ने ?

११ श्रावण २०७५

banner

काठमाडौं। यो शताब्दीकै सबैभन्दा लामो खग्रास चन्द्रग्रहण आज लाग्दैछ । २१औं शताब्दीको सबैभन्दा लामो यो खग्रास चन्द्रगहण नेपाल, भारत, एशिया, अस्ट्रेलिया, रुस, युरोप लगायत केहि अफ्रिका र उत्तरी अमेरिका सहित विश्वका अधिकांश ठाउँबाट देखिनेछ । यो चन्द्रग्रहणलाई ब्लडमून पनि भनिएकोछ, केहि समय तामा जस्तै रातो र केहि समय पुरै रातो देखिने भएकाले यस खग्रास चन्द्रग्रहणलाई ब्लडमून भनिएको हो, यस्तो संयोग १०० वर्षभन्दा पछि आएको हो ।

हाम्रो देश नेपालमा नेपाली समय अनुसार आज रातीको १२ बजेर ९ मिनेटमा स्पर्श हुनेछ र रातीको १ बजेर १५ मिनेटदेखि सम्मिलन अर्थात् पूर्ण खग्रास प्रारम्भ भर्इ रातीको २ बजेर ८ मिनेटमा मध्य हुने र रातीको २ बजेर ५९ मिनेटमा उन्मिलन अर्थात् खग्रासको अन्त्य हुँदै रातीकै ४ बजेर ६ मिनेटमा मोक्ष हुनेछ । अतः सम्पूर्ण ग्रहण अवधि ३ घण्टा ५७ मिनेटको हुनेछ भने ग्रस्तोदित खग्रास १ घण्टा ४४ मिनेटको हुनेछ ।

ग्रहणको मेष, सिंह, वृश्चिक र मिन राशीमा शुभ प्रभाव पर्नेछ । बाँकी राशीको लागि भने ग्रहण शुभ छैन । मिथुन तुला मकर र कुम्भ राशीमा ग्रहणको खराब प्रभाव पर्नेछ भने अन्य राशीमा मिश्रित प्रभाव रहनेछ । जुन राशीको लागि ग्रहणले शुभ फल दिँदैन ती राशी हुनेहरुले केही उपाय गरेर यसको दुष्प्रभावबाट बच्न सकिनेछ । 

ज्योतिषीहरुका अनुसार ग्रहणको दुष्प्रभावबाट बच्न ग्रहणकालमा शिव चालिसाको पाठ वा भगवान शिवको नामको जप गर्नु लाभदायक हुनेछ । गरिबलाई अनाज दान गर्ने, तुलसीको पत्ताको सेवन गर्नु समेत शुभ हुनेछ । ग्रहण देखिने क्षेत्रमा खानामा तुलसी मिसाएर खानु शुभ हुनेछ । ग्रहणपछि पूरै घरको सफाइ गर्नुहोस् । दान पुण्य गर्नुहोस् । सम्भव भएमा कुनै पवित्र नदीमा स्नान गर्नुहोस् । 

ग्रहणकालमा पति पत्नीबीच दूरी कायम राख्नुहोस् । यस क्रममा शारीरिक सम्बन्ध नबनाउनुहोस् । ग्रहणका समयमा भएको सम्बन्धबाट जन्मिने सन्तानले धेरै कष्टको सामना गर्नुपर्नेछ । ग्रहणकालमा पूजापाठ नगर्नुहोस् । ग्रहणको समयमा खाना नखानुहोस् । 

Leave a reply

HTML Tags are not supported

Post My Comment »

विशेष