यस्तो देखियो २१ औँ शताब्दीकै सबै भन्दा लामो चन्द्र ग्रहण (फोटोफिचर)

१२ श्रावण २०७५

banner

काठमाडौँ । २१ औँ शताब्दीकै सबै भन्दा लामो चन्द्र ग्रहण शुक्रबार राति नेपालसहित विश्वका विभिन्न ठाउँबाट देखियो।

नेपालमा चद्र ग्रहण शुक्रबार राति १२ बजेर ९ मिनेट देखि प्रारम्भ भएर राति २ बजेर ८ मिनेटमा मध्य भर्इ बिहान ४ बजेर ६ मिनेटमा समाप्त भएको थियो।

२१औं शताब्दीको सबैभन्दा लामो यो खग्रास चन्द्रगहण नेपाल, भारत, एशिया, अस्ट्रेलिया, रुस, युरोप लगायतकेही अफ्रिका र उत्तरी अमेरिका सहित विश्वका अधिकांश ठाउँबाट समेत देख्न सकिएको थियो।

अवलोकनकर्ताले सुरुमा कालो र त्यसपछि १ बजेर १५ मिनेटदेखि दुई बजेर ५८ मिनेटसम्म चन्द्रमालाई तामा रंगमा देखेका थिए। त्यसपछि यो विस्तारै रातो रुपमा देखिएको थियो। चन्द्रमाको यो रुपलाई 'ब्लड मून' पनि भन्ने गरिन्छ।

तस्वीर : बीबीसीबाट

 

Leave a reply

HTML Tags are not supported

Post My Comment »