डा. केसी समर्थकका रमाइला पोज र रोचक नारा, हेर्नुहोस् ७ फोटो

१२ श्रावण २०७५
banner

काठमाडौँ। डा. गोविन्द केसीसँग गरिएको सम्झौंता अक्षरस कार्यान्वयन गर्न सरकारलाई शनिबारबाट दवाव दिन सुरु गरिएको छ।

नागरिक समाजका अगुवाहरुले डा. केसीको माग सम्बोधन हुनेगरी नौं बुदे सम्झौंता गरेकोमा धन्यवाद दिँदै अक्षरस कार्यान्वयन गर्न सरकारलाई दवाव दिन सुरु गरेका हुन्।

शनिबार दिउँसो काठमाडौंको माईतीघर मण्डलामा जम्मा भएका उनीहरुले डा. केसीको माग सम्बोधन गर्न साथ दिने सबैप्रति पनि आभार व्यक्त गरेका छन्।

 

 

अब सरकारले सो सम्झौंतालाई अक्षरस पालना गर्ने विश्वास समेत आफूहरुले लिएको नागरिक समाजका अगुवाहरुले बताएका छन्। उनीहरुले डा. केसीसँगको सम्झौंता अनुसार कानुन निर्माणमा पनि ढिलाई नहुने विश्वास व्यक्त गरे।

दवाव अभियानमा सहभागी भएकाहरुले ‘गोविन्द केसीसँग भएका सम्झौंता अक्षरस पालना होस्’ भन्ने कामनासहितको प्ले कार्डसमेत प्रर्दशन गरेका थिए। सरकारले गत बिहिबार डा. केसीसँग नौं बुदे सम्झौंता गरेपछि त्यसको सबै क्षेत्रबाट स्वागत गरिएको थियो।

सरकारले सोही सम्झौता बमोजिम शुक्रबार संघीय संसद अन्तरगतको प्रतिनिधिसभाको बैठकमा राष्ट्रिय चिकित्सा शिक्षा विधेयक पेश गरिसकेको छ।

 

ताजा भिडियो

'लुट्न सके लुट' मा प्रधानमन्त्रीकाे प्रतिकृया । Lutna Sake Lut । PM Kp Oli ।

भित्तामा फोटो हाल्ने नेता भेटिन : भुवन केसी । Interview with Bhuwan KC ।

संसदमा गाँजा गफ। Birodh Khatiwada । Samsad Baithak ।

गृहमन्त्रीलाई प्रतिपक्षी सांसदको प्रश्न : सुन कसरी पित्तल भो ? Ram Bahadur Thapa । Samsad Baithak l