पर्यटन पत्रकार संघ प्रदेश ५ को अध्यक्षमा कार्की सर्बसम्मत

१३ श्रावण २०७५

banner

बुटवल । नेपाल पर्यटन पत्रकार संघ (एन्टोज) प्रदेश ५ को अध्यक्षमा भुवन कार्की सर्बसम्मत चयन भएका छन्।

आइतबार बुटवलमा भएको ५ नं प्रदेशको अधिबेशनले रुपन्देहीका पत्रकार भुवन कार्कीको अध्यक्षतामा सर्बसम्मत रुपमा १५ सदस्यीय नयाँ नेतृत्व चयन गरेको छ।

प्रदेश समितिको वरिष्ठ उपाध्यक्षमा बेणिमाधब बस्याल, महिला उपाध्यक्षमा बिष्णु खनाल, महासचिवमा कपिल ज्ञवाली, सचिवमा भुवन रायमाझी, महिला सचिवमा यमकला भुसाल र कोषाध्यक्षमा भुपाल थापा चयन भएका छन्।

यस्तै ३ जना खुल्ला सदस्यमा हेम त्यागी, गोमा भट्टराई र राधिका भुसाल चयन भएका छन्। त्यस्तै महिला सदस्यमा गरिना बेल्बासे र बबिता बिष्टलाई सर्वसम्मत चयन गरेको हो।

त्यस्तै जनजातिबाट दिनेशकुमार श्रेष्ठ, दलित सदस्यमा सीता बिक र मधेशीबाट अभिषेक रावल चयन भएका छन्।

यसअघि उद्घाटनसत्रको उद्घाटन गर्दै प्रदेश ५ का उद्योग बन पर्यटन तथा वातावरण मन्त्री लिला गिरीले प्रदेश सरकारले प्रदेशलाई पर्यटनको हव बनाउने गरी योजना बनाइरहेको बताए।

गिरीले प्रदेशमा पर्यटनको संभावना बढ्दै गइरहेको भन्दै पर्यटक भित्र्याउन पत्रकारहरुको भूमिका गहन रहने उल्लेख गरे।

सो अबसरमा बोल्दै नेपाल पर्यटन पत्रकार संघका केन्द्रीय अध्यक्ष धनिराम शर्माले नेपालमा पर्यटनको संभावना बढ्दै गइरहेकाले यसलाई आर्थिक पर्यटनको रुपमा जोडेर अघि बढ्नुपर्ने बताए।

उनले सरकारको अभियानमा एन्टोजले हातेमालो गर्न तयार रहेको भन्दै प्रदेश सरकारलाई पनि हालोमालो गर्न आग्रह गरे।

Leave a reply

HTML Tags are not supported

Post My Comment »