दल नै दल भएको दलदलमा नेपाल

२९ चैत्र २०७३

banner

नेपालको वीरता, सुन्दरता र आत्मीयता आवरणीय छ। देशमा सुन्दरताको खानी नै छ। नेपाल मात्र यस्तो देश हो जहाँ १० मध्य ८ ठुला हिमालयहरु छन्। विश्व कै ठूलो ताल 'तिलिचो ताल' जसको गहिराई ४८०० मिटर छ, त्यो नेपाल मै पर्दछ। त्यसै गरि विश्व को सबैभन्दा गहिरो ताल 'शेय- फोक्सुन्डो ताल' नेपाल मै पर्दछ। हिमालय र जलश्रोत मात्र हैना, विश्वकै ठूलो उपत्यका 'अरुण उपत्यका' पनि नेपालमै पर्दछ।  ब्राजिल पछिको सबैभन्दा जलश्रोतको धनी मानिने देश नेपालनै हो जसको उपयोगले लगभग ८१००० मेगावाट बिजुली उत्पादन गर्न सकिन्छ। यति मात्र हैन, नेपाल ले धेरै विश्व रेकर्ड, अन्तर्राष्ट्रिय पुरस्कर, अन्तर्राष्ट्रिय मान्यता र अन्तर्राष्ट्रिय सक्रियता प्राप्त गरेको छ जसबाट सानो मुलुक नेपाल विश्व प्रख्यात भएको छ। यति मात्र हैन, नेपाल म लगभग १२३ भाषा र ८० जातीय समुह रहेका छन् जसले नेपाललाई समृद्धिशिल बहुजातीय देशको रूपमा चिनाएको छ। दुईटा शक्तिशाली राष्ट्रको बिचमा रहेको नेपालको आफ्नै संस्कृति र मान्यताहरु छन् जसले नेपाललाई महान् देशको रुपमा समेत चिनाएको छ। कहिले कसैको गुलाम नबनेको वीर गोर्खालीको यो देश, विश्व म आफ्नो वीरताको परिचय दिएको छ। विश्वको यस्तो देश जहाँ आजसम्म एक थोपा खुन पनि धर्मको नाममा बगेको छैन। यति मात्र हैन, नेपाल कलात्मक र संस्कृतिक धनी देश पनि मानिन्छ।

धेरै जस्तो क्षेत्रमा अगाडी भएको यो देश, आज केही भ्रष्ट नेताले गर्दा, आफ्नो उचित स्थानबाट समेत बन्चित भएको पाइन्छ। दल नै दल अर्थात दलदलमा भएको यो देश, आज आफ्नो पहिचान समेत गुमाउनु परेको छ। सबै दलहरुको राष्ट्रप्रति सामुहिक स्वार्थ हुनुपर्नेमा, त्यो नभई आ-आफ्न स्वार्थ भएकोले देशले यस्तो स्थिती भोग्नुपरेको छ। जुन दिन देशमा सबै दल आफ्नो स्वार्थबाट माथि उठेर राष्ट्र र राष्ट्रियता एवम सबै वर्गका लागी राजनीति गर्ने छन्, त्यो दिन देश विश्वकै शान्त, सम्पन्न र समृद्धशिल राष्ट्र हुनेछ। जुन दिन सत्ताको खेल बाट राजनीतिक दल बाहिरीएर एक्ताबद्ध भई देश निर्माणमा एकजुट हुन्छन्, त्यो दिन यो देशको मुहार नै फेरिन्छ। जुन दिन जन्ताले पार्टीगत र नातागत वोट दिने परम्परा बाट यो देशलाई मुक्त गराउन प्रतिबद्ध हुन्छन्, देशमा सकरात्मक परिवर्तन आउन सुरु हुनेछ ।

शलाई पारिश्रमिक र कर्मशिल नेता चाहि रहेको बेला, दलिय राजनीति मात्र गर्नु  देशको लागि अत्यन्तै बेफाइदा बनिरहेको छ। दलको आपसि मतभेदका कारण, देशमा स्वतः बिदेशी हस्तक्षेप बढिरहेको छ। टिकापुर हत्याकाण्ड, राजनीतिक अ(स्थिरता, भारतद्वारा लगाइएको अघोषित नाकाबन्दी लगायतका घटना यसको उधारण हुन। देशको स्वभीमान नै संकटमा परेको बेला, दलको आपसी मतभेद देशको लागि कति लाभदायक छ ? यी सबै कुराहरूको चिन्तन गर्न राज्यका नेता र दल दुबैलाई आवस्यक छ। नजीकको फाईदा हेर्नुभन्दा पूर्व टाढाको नोक्सान सोच्नु  धेरै राम्रो हो। देशलाई टुक्राउने राजनीति गर्नु भन्दा राष्ट्रियता, स्वाभिमानता र अखण्डनताको राजनीति गरि देशलाई आर्थिक, सामाजिक, भौगोलिक तथा साँस्कृतिक सम्पन्न देश बनाउन सकिन्छ।

तसर्थ नेपाल र नेपालीको स्वाभिमान बचाउन दलिय एकता धेरै आवस्यक छ। देशलाई बुद्ध जस्तो शान्त, सति माता सीता जस्तो पबित्र, खुशहाल र समृद्धिशिल एवम् अर्निको जस्तो कलात्मक बनाउन सबै दल एकताबद्ध भैई राष्ट्रियताको कर्तव्य आफ्नो काधँमा लिएर सकारात्मक ढंगले अगाडी बढ्न अत्यन्त आवश्यक छ। यो लेख मार्फत देशका सबै नेताहरुले केही गर्ने अपेक्षा राखेको छु। हुनता बिगतका केही दिन हरुको अनुभवले बादँरको पुच्छर जति दिन डुंगोमा राखेपनी, ऊ बांगोनै हुन्छ तर पुनः हामी सकारात्मक सोच राखी नववर्ष २०७४ सालमा पाइला राखौं र १८ बर्ष पछि हुन लागेको स्थानीय निर्वाचनमा सच्चा प्रतिनिधि हरुको चयन गरि देश बिकासमा टेवा पुर्याउने प्रयास नेता र जनता, हामी सबै  मिलि गरौँ । 
 

Leave a reply

HTML Tags are not supported

Post My Comment »