न्युयोर्कमा भानु जयन्ती तथा नवरत्न पुरस्कार समर्पण

१५ श्रावण २०७५

banner

अमेरिका । अन्तर्राष्ट्रिय नेपाली साहित्य समाजले शनिवार अमेरिकाको न्युयोर्कमा २०५ औ भानुजयन्ती तथा नवरत्न पुरस्कार समर्पण कार्यक्रम सम्पन्न गरेको छ।

अनेसास न्युयोर्क च्याप्टरको संयोजनमा आयोजित उक्त कार्यक्रममा कार्यक्रममा प्रमुख अतिथि नायव महाबाणिज्यदूत पुष्पराज भट्टराईले पुरस्कृतहरूलाई सम्मान पत्र, अनेसास केन्द्रका अध्यक्ष तथा कार्यक्रममा अध्यक्ष पदम विश्वकर्माले खादा अर्पण तथा अनेसास बोर्डअफ ट्रष्टीका उपाध्यक्ष गीता खत्रीले पुष्प गुच्छा समर्पण गरेका थिए भने पुरस्कार दाताका तर्फबाट दीपा राई पुनले सम्मानितहरुलाई नगद हस्तान्तरण गरेकी थिइन्।

नेपाली साहित्य, संगीत, समाजसेवा, कला र व्यबसायमा संग्लग्न सफल महिलालाई सम्मान तथा प्रोत्साहन स्वरूप प्रत्येक २,२ वर्षमा दुई सय अमेरिकी डलर नगद सहित यो पुरस्कार प्रदान गरिदै आइएको छ।

यसपटक नायिका मनिषा कोइराला, गायिका हरिदेवी कोइराला, साहित्यकार उन्नती बोहोरा शीला, पुनम काफ्ले र लक्ष्मी माली, समाजसेवी तुलसीदेवी राई, व्यवसायी मीना खड्का क्षेत्री, कला खरेल तथा युवा रंगमंच निर्देशक सम्पदा मल्ल पुरस्कृत भएका हुन्।

त्यस्तै जापान बसेर लामो समयदेखि सितार बादनमा संलग्न सुष्मा ओमातालाई अनेसास नवरत्न विशिष्ट साधक सम्मानद्वारा सम्मानित गरिएको छ भने बालसाहित्यका क्षेत्रमा समर्पित बिमला निरौलालाई  अनेसास बाल साहित्य सम्मानद्वारा सम्मानित गरिएको छ।

कार्यक्रममा नृत्य, चित्रकारिता र  कलाकारिताका क्षेत्रमा संलग्न बालिकाहरू सिमरन अधिकारी, अरमानी महर्जन र श्रीनिति रिजाललाई प्रोत्साहन स्वरूप नवरत्न  बाल प्रतिभा पुरस्कार प्रदान गरिएको छ।

पुरस्कार समितिका संयोजक शकुन्तला ज्ञवालीले यस किसिमको पुरस्कारले पुरस्कृतहरूलाई आआफ्नो क्षेत्रमा अझ समर्पित हुन उर्जा मिल्ने बताउँदै पुरस्कारको निरन्तरताको कामना गरे।

कार्यक्रममा पुरस्कार चयन समितिका संयोजक गीता खत्रीले नवरत्न पुरस्कार साहित्यका अलावा समाजका विभिन्न क्षेत्रमा समर्पित महिलालाई प्रदान गरिने उदेश्य अनुरुप यसबर्ष नौ जना महिलालाई नवरत्न सम्मान, दुई जनालाई विशेष सम्मान र तीनजनालाई बालप्रतिभा पुरस्कार प्रदान गरिएको बताए।

साहित्यकार किसन सिंह धामीले आदिकवि भानुभक्तका बारे प्रकाश गरेको उक्त कार्यक्रममा साहित्यकार सीता खरेलले अनेसासको गतिविधिलाई चुस्त, दुरुस्त र पारदर्शी बनाउन अनुरोध गरे।

आदिकवि भानुभक्तको तस्वीरमा माल्यार्पण गरेर सुरु भएको उक्त कार्यक्रममा च्याप्टरका अध्यक्ष राजेन्द्र श्रेष्ठले स्वागत मन्तव्य व्यक्त गरेका थिए भने अनेसास केन्द्रका उपाध्यक्ष प्रकाश नेपालले भानुभक्तका विवादका बारेमा बोलेका थिए।

गायक तथा संगीतकार गणेश पराजुलीको संगीतमा तयार पारिएको न्युयोर्कका गीतकारहरू बिनोद रोका, गीता खत्री, परिता राजभण्डारी, पुनम काफ्ले, ज्योति पौडेल र राजेन्द्र श्रेष्ठको शब्द रचना रहेको सिडी एल्बम बिमोचन गरिएको उक्त कार्यक्रममा दुई दर्जन भन्दा बढी कविहरूले सिर्जना बाचन गरेका थिए।

कार्यक्रममा सभापति तथा अनेसासका केन्द्रीय अध्यक्षको सभापतित्वमा सम्पन्न उक्त कार्यक्रममा महासचिव गोवर्धन पूजा, साहित्यकार व्याकुल पाठक बिमला निरौला, बिबेचना निरौलालगायतले मन्तव्य व्यक्त गरेका थिए।

कविता बाचन गर्ने कविहरू :

१. भरत पुरी

२. नीरा शर्मा

३.राजन महर्जन

४.बन्दना कोइराला

५.नवराज खड्का

६.मधु माधुर्य

७.आनन्द श्रेष्ठ

८.कुन्ती थापा

९.किसन सिंह धामी

१०.सीता खरेल

११ शारदा क्षेत्री

१२ बिष्णु बैजु

१३ जानुका वस्ती ढकाल

१४ मोहन निरौला

१५ शुभ नेपाल

१६ डा गोविन्द कोइराला

१७ रश्मी भट्ट

१८.पुष्पा गौतम

१९.राजेन्द्र श्रेष्ठ

२० बिनोद रोका

२१ दीपा राई पुन

२२ कृष्ण कुसुम

२३ बिमला निरौला

२४. प्रकाश नेपाल

२५ शारदा ठकुरी

२६ .शकुन्तला ज्ञवाली

२७ गीता खत्री

Leave a reply

HTML Tags are not supported

Post My Comment »