जापानमा भानु जयन्तीमा लिभिंग टुगेदरको विमोचन : हजार हाइकुको अन्तरक्रिया

१७ श्रावण २०७५

banner

टोक्यो । अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज (अनेसास) जापान च्याप्टरको आयोजनामा भानुभक्त आचार्यको २०५ औ जन्म जयन्तिको  अबसर पारी संस्थाको ४६ औं नियमित साहित्यिक शृन्खला सम्पन्न गरेको छ।

कार्यक्रममा  गोबिन्द गिरी प्रेरणाको उपन्यास लिभिङ टुगेदरको विमोचन गरिएको थियो भने रामकुमार पाण्डे र प्रकाश पौडेल माइलाको हजार हाइकुमाथि अन्तरकृया गरिएको थियो। अनेसास जापान च्याप्टरका सस्थापक अधक्ष्य डा कुमार बस्नेतको प्रमुख अतिथि, नेपाली भाषाविज्ञ हरुहितो नोजु ,साहित्यकार गोबिन्द गिरी प्रेरणा, तथा साहित्यकार प्रकाश पौडेल माइला को अथित्यतामा सम्पन्न कार्यक्रमको सभापतित्व सस्थाका अध्यक्ष दिप पाठकले गरेका थिए।

त्यस्तै अन्य अतिथिहरुमा पूर्व अध्यक्ष बेलुकाजी थापा, आलोक चालिसे  सल्लाह्कार पुस्कर जङ थापा,गायक राम्कृष्ण  बम मल्ल, समुन्द्र राज पौडेल लगाएत सन्तोश बाबु चोखाल ,सुजन जोशि,पदम थगुन्ना,राम जङ कार्की ,बाबुराम पौडेल लगाएतका रहेका थिए।

संगीता कुवरको स्वागत मन्तब्य रहेको कार्यक्रम मा कार्यक्रमको शुरूवात नेपाली रास्टिय गानबाट गरिएको थियो। सो अवसरमा भानुभक्त आचार्यको तस्बिरमा फुल अर्पण गरी श्रदा र सम्मन प्रकट गरिएको थियो भने आलोक चालिसेले भानुभक्त आचार्यको बारेमा बताएका थिए।

सम्पूर्ण अतिथी गडबाट समुहिक रुपमा गोबिन्द गिरी प्रेरणाको उपन्यास (लिभिङ टुगेदर बिमोचन गरिएको थियो। बिमोचनपस्चात लिभिङ टुगेदरका कृतिकार गोबिन्द गिरी प्रेरणाले आफ्नो कृति जापानमा विमोचित हुँदा खुशी लागेको वताउँदै सो कृति लेखनका विषयमा प्रकाश पारेका थिए।
 
त्यसै गरी नेपाली बारीस्ट हाइकुकार रामकुमार पाडे र जापानमा बसेर हाइकु को अध्ययनमा लागिरहनु भएका हाइकुकार प्रकास पौडेल माइलाको सम्युक्त हाइकु सङ्रह-हजार हाइकुमाथी अन्तर्कृया कार्यक्रम गरिएको थियो। अन्तर्कृया कार्यक्रममा  हजार हाइकु माथी बेलुकाजी थापा,जापानी साहित्य र हाइकु बारे हारुहितो नोजुले बोलेका थिए भने साथमा कृतिकार प्रकाश पौडेल माइलाले हजार हाइकुमाथि प्रष्ट पार्दै जिज्ञासा र प्रश्नहरुको जवाफ दिएका थिए।

कार्यक्रममा गोबिन्द गिरी प्रेरणा, प्रकाश पौडेल माइलालाई अनेसास जापान सम्मान प्रदान गरिएको थियो।

कार्यक्रममा रचना बाचन गर्नेहरूमा धुर्ब बन्जाडे ,शेखर बिकल्प्,आनन्द अधिकारी, गिरिजा गैरे, हेमन्त गिरी, अरुण पौडेल, दिप पाठक, सरिता ढकाल ,आलोक चालिसे,पार्थ सुबेदी, बाबुराम पौडेल, थिए भने कार्यक्रम संस्थाका महासचिव अरुण पौडेलले सन्चालन गरेका थिए।

Leave a reply

HTML Tags are not supported

Post My Comment »